+
+
Shares

अर्घाखाँचीमा वन डढेलो नियन्त्रणका लागि ड्रोनबाट अनुगमन सुरु

जिल्ला वन क्षेत्र समन्वय समितिको हालै बसेको बैठकले वन डढेलो नियन्त्रण, वन संरक्षण तथा समन्वयका विभिन्न पक्षमा महत्वपूर्ण निर्णय गर्दै ड्रोनबाट अनुगमन गर्न थालेको हो ।

प्रेमनारायण आचार्य प्रेमनारायण आचार्य
२०८२ चैत ५ गते ७:४९

५ चैत, अर्घाखाँची । अर्घाखाँचीमा वन डढेलोको जोखिमलाई न्यूनीकरण गर्न ड्रोन अनुगमन सुरु गरिने भएको छ । आधुनिक प्रविधिको प्रयोगमार्फत नियन्त्रण र पूर्वतयारीलाई थप सुदृढ बनाउने उद्देश्यले ड्रोन अनुगमन सुरु गर्न लागिएको हो ।

वन क्षेत्रमा हुने सम्भावित आगलागीको समयमै पहिचान, क्षतिको यथार्थ मूल्यांकन तथा आगो लागेपछि त्यसको स्रोत पहिचान गर्न पनि ड्रोनले महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा सम्बन्धित निकायको छ ।

विशेषगरी, आगलागी कसले र कसरी गर्‍यो भन्ने विषयमा तथ्य संकलन गर्न ड्रोन प्रविधि प्रभावकारी हुने विश्वास गरिएको डिभिजन वन कार्यालय अर्घाखाँचीका सुचना अधिकारी केशर खड्काले बताए ।

जिल्ला वन क्षेत्र समन्वय समितिको हालै बसेको बैठकले वन डढेलो नियन्त्रण, वन संरक्षण तथा समन्वयका विभिन्न पक्षमा महत्वपूर्ण निर्णय गर्दै यस्तो कदम अघि बढाएको छ ।

वन डढेलो जोखिम क्षेत्रहरूको नियमित अनुगमन गर्न ड्रोन प्रयोग गर्ने निर्णय गरेको छ । डिभिजन वन कार्यालयले यस प्रयोजनका लागि क्याटागोरी ‘बि’ को ड्रोन व्यवस्थापन गरी प्रयोगमा ल्याउने तयारी पूरा गरिसकेको जनाएको छ ।

ड्रोनको नियमित सञ्चालन र व्यवस्थापनका लागि डढेलो फोकल पर्सन केशब खड्कासहितको विशेष टोली गठन गरिएको छ । उक्त टोलीलाई आवश्यक प्राविधिक तथा व्यवस्थापकीय पृष्ठपोषण प्रदान गरिने पनि निर्णय गरिएको छ । जसले कार्यान्वयनलाई थप प्रभावकारी बनाउने अपेक्षा गरिएको छ ।

बैठकले वन डढेलो नियन्त्रणका लागि पूर्वतयारीलाई विशेष प्राथमिकतामा राख्दै जनचेतना अभिवृद्धि, स्थानीय तहसँग सहकार्य, तथा सुरक्षा निकायहरूसँग समन्वयलाई सुदृढ बनाउने निर्णय पनि गरेको छ । वन क्षेत्रमा हुने अवैध गतिविधिहरू नियन्त्रण गर्न तथा वन संरक्षणलाई थप व्यवस्थित बनाउन पनि विभिन्न कार्यक्रम सञ्चालन गरिने जनाइएको छ ।

वन क्षेत्रसँग सम्बन्धित सम्पूर्ण गतिविधिहरूलाई पारदर्शी, व्यवस्थित र प्रभावकारी बनाउन आवश्यक नीतिगत तथा व्यवहारिक सुधारका कदमहरू अघि बढाइने बैठकले निष्कर्ष निकालेको छ । प्रविधिको प्रयोगमार्फत वन व्यवस्थापनलाई आधुनिक र उत्तरदायी बनाउनेतर्फ यो निर्णय महत्वपूर्ण मानिएको छ ।

प्रमुख जिल्ला अधिकारी तोयनारायण सुवेदीको अध्यक्षतामा सम्पन्न भएको बैठकमा डिभिजन वन कार्यालय, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, नेपाली सेना लगायत सम्बन्धित सरोकारवाला निकायका प्रतिनिधिहरूको सक्रिय सहभागिता रहेको थियो ।

सहभागीहरूले वन डढेलो नियन्त्रणमा सबै पक्षको समन्वय अपरिहार्य रहेकोमा जोड दिएका थिए ।

#ResultWithOK View All Results
पार्टीहरू
अग्रता
जित
कुल सिट
Change
समानुपातिक मत
Loading election results...

प्रत्यक्ष सिट — प्रतिनिधि सभा

कुल सिट: १६५
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?