+
+
Shares

पेन्टागनले इरान युद्धका लागि माग्यो २०० अर्ब डलर

अनलाइनखबर अनलाइनखबर
२०८२ चैत ५ गते ९:५०

News Summary

Generated by OK AI. Editorially reviewed.
  • पेन्टागनले राष्ट्रपति भवनसँग इरान युद्धका लागि दुई सय अर्ब अमेरिकी डलरभन्दा बढी रकम माग गरेको छ।
  • यो रकम अहिलेसम्म इरानमा भएको अभियानको लागतभन्दा कयौं धेरै भएको छ र आवश्यक हतियारहरूको उत्पादन बढाउन प्रयोग गरिनेछ।
  • पेन्टागनले पछिल्ला दुई हप्तामा फन्डिङका लागि अलग–अलग अनुरोध पेश गरेको छ र कांग्रेसमा राजनीतिक विवाद हुने सम्भावना छ।

५ चैत, काठमाडौं । अमेरिकी रक्षा विभागको मुख्यालय पेन्टागनले राष्ट्रपति भवन ह्वाइट हाउससँग इरान युद्धका लागि ठूलो रकम माग गरेको छ ।

अंग्रेजी अखबार वासिङ्गटन पोस्टमा प्रकाशित समाचारअनुसार पेन्टागनले राष्ट्रपति भवनसँग दुई सय अर्ब अमेरिकी डलरभन्दा बढी रकम माग गरेको हो ।

अखबारले एक वरिष्ठ प्रशासनिक अधिकारीको हवाला दिँदै पेन्टागनले व्हाइट हाउससँग इरानमा युद्धका कारण दुई सय अर्ब अमेरिकी डलरभन्दा बढीको मन्जुरी दिन भनेको छ ।

यो रकम अहिलेसम्म इरानमा भएको अभियानको लागतभन्दा कयौं धेरै भएको अखबारको भनाइ छ । यसको उद्देश्य खर्च भइसकेका आवश्यक हतियारहरूको उत्पादन तत्काल बढाउनु रहेको समाचारमा उल्लेख छ ।

पछिल्ला दुई हप्तामा पेन्टागनका तर्फबाट ‘फन्डिङ’ का लागि अलग–अलग अनुरोध पेश भएको बताइएको छ ।

रकम वृद्धिका लागि गरिएको पछिल्लो माग कांग्रेसमा ठूलो राजनीतिक लडाइँको कारण बन्न सक्ने अखबारको भनाइ छ ।

अखबारले समाचार तयार पार्दासम्म अमेरिकी रक्षा विभाग र ह्वाइट हाउस दुवैले यस विषयमा मागेको प्रतिक्रिया अस्वीकार गरेको बीबीसीले जनाएको छ ।

#ResultWithOK View All Results
पार्टीहरू
अग्रता
जित
कुल सिट
Change
समानुपातिक मत
Loading election results...

प्रत्यक्ष सिट — प्रतिनिधि सभा

कुल सिट: १६५
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?