+
+
Shares

दुबई र रियादमा हुने क्याथे प्यासेफिकको उडान स्थगित

अनलाइनखबर अनलाइनखबर
२०८२ चैत ५ गते ११:३१

News Summary

Generated by OK AI. Editorially reviewed.
  • क्याथे प्यासेफिक एयरलाइन्सले मध्यपूर्व तनावका कारण दुबई र रियादका सबै उडानहरू अप्रिल ३० सम्मका लागि स्थगित गरेको छ।
  • एयरलाइन्सले यात्रुहरूको सुरक्षालाई पहिलो प्राथमिकतामा राखेर उडान स्थगित गरिएको उल्लेख गरेको छ।
  • इरानसँग अमेरिका र इजरायलको युद्धले खाडी मुलुकहरूमा अन्तर्राष्ट्रिय उड्डयन क्षेत्रमा ठूलो असर परेको छ।

काठमाडौं । मध्यपूर्वमा जारी तनावका कारण क्याथे प्यासेफिक एयरलाइन्सले दुबई र रियादका सबै उडानहरू अप्रिल ३० सम्मका लागि स्थगित गरेको छ ।

एयरलाइन्सले जारी गरेको सूचनामा यात्रुहरूको सुरक्षालाई पहिलो प्राथमिकतामा राखेर उडान स्थगित गरिएको उल्लेख छ । आगामी दिनहरूमा उडान तालिकामा थप परिवर्तन हुन सक्ने पनि उसले जनाएको छ ।

क्याथे प्यासेफिकले काठमाडौंबाट सिधा हङकङ उडान गर्दै आएको छ । उसको काठमाडौं– हङकङ सिधा उडान जारी छ ।

हाल इरानसँग अमेरिका र इजरायलको जारी युद्धले खाडी मुलुकहरु समेत प्रत्यक्ष प्रभावित भएपछि अन्तर्राष्ट्रिय उड्डयन क्षेत्रमा ठूलो असर परेको छ । यसले गर्दा मध्यपूर्वका प्रमुख ट्रान्जिट हबहरूतर्फ हुने उडानहरू प्रभावित भएका छन् । विभिन्न एयरलाइन्सहरूले उडान रद्द वा तालिका संशोधन गर्न बाध्य भएका छन् ।

विशेषगरी दुबई र रियाद जस्ता व्यस्त अन्तर्राष्ट्रिय गन्तव्यहरूमा उडान सञ्चालनमा समस्या देखिएको छ ।

एयरलाइन्सहरुले यात्रुहरूलाई आफ्नो उडान सम्बन्धी जानकारी अद्यावधिक राख्न र सम्बन्धित एयरलाइन्ससँग सम्पर्कमा रहन आग्रह गरिएको छ ।

#ResultWithOK View All Results
पार्टीहरू
अग्रता
जित
कुल सिट
Change
समानुपातिक मत
Loading election results...

प्रत्यक्ष सिट — प्रतिनिधि सभा

कुल सिट: १६५
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?