+
+
Shares

पाकिस्तानमा भारी वर्षाका कारण १७ जनाको मृत्यु, ३० घाइते

रासस रासस
२०८२ चैत ५ गते १३:४७

News Summary

Generated by OK AI. Editorially reviewed.
  • पाकिस्तानको कराचीमा भारी वर्षाका कारण कम्तीमा १७ जनाको मृत्यु र ३० जना घाइते भएका अधिकारीहरूले बताएका छन्।
  • बलदिया टाउनमा पर्खाल ढलेपछि ११ जनाको मृत्यु भएको उद्धारकर्मीले बताएका छन्।
  • मेयर मुर्तजा वहाबले अनावश्यक आवागमनबाट टाढा रहन आग्रह गर्दै वर्षाका कारण यातायात र दैनिक जीवनमा बाधा भएको जानकारी दिए।

पाकिस्तानको दक्षिणी बन्दरगाह शहर कराचीमा भारी वर्षाका कारण कम्तीमा १७ जनाको मृत्यु हुनुका साथै ३० जना घाइते भएको अधिकारीहरूले बताएका छन् ।

स्थानीय अधिकारी र उद्धार कर्मचारीहरूका अनुसार भारी वर्षाले शहरका पूर्वाधारमा प्रहार गरे पछि शहरका धेरै क्षेत्रहरूबाट हताहत भएको रिपोर्ट गरिएको छ ।

देशको दक्षिणी सिन्ध प्रान्तको राजधानी कराचीको बलदिया टाउन क्षेत्रमा वर्षका कारण पर्खाल ढलेपछि ११ जनाको मृत्यु भएको उद्धारकर्मीले बताएका छन् ।

कायद आबाद क्षेत्रमा घरको छत खसेपछि एक दम्पती र सहरका विभिन्न क्षेत्रमा अन्य छ जनाको मृत्यु भएको जनाइएको छ ।

कराचीका मेयर मुर्तजा वहाबले शहरमा हाल तीव्र हावासहित भारी वर्षा भइरहेको जानकारी दिदै बासिन्दाहरूलाई अनावश्यक आवागमनबाट टाढा रहन आग्रह गरेका छन् ।

मेयरले शहरका धेरै क्षेत्रहरूमा वर्षाको पानी जम्मा भएको जनाउँदै, यातायात र दैनिक जीवनमा बाधा पुर्‍याउने घटनाहरूको व्यवस्थापन गर्न शहरमा टोलीहरू पठाइएको बताए ।

सिन्धका मन्त्री नासिर हुसेन शाहले आँधीबेहरीपछि कराचीसहित प्रान्त भरी उच्च सतर्कता घोषणा गरे ।

पाकिस्तानको मौसम विभागले पश्चिमी मौसम प्रणालीको प्रभावमा बिहीबारसम्म कराची र सिन्धका अन्य भागहरूमा भारी हावा र असिनाका साथ वर्षा र आँधीबेहरीको पूर्वानुमान गरेको छ ।

#ResultWithOK View All Results
पार्टीहरू
अग्रता
जित
कुल सिट
Change
समानुपातिक मत
Loading election results...

प्रत्यक्ष सिट — प्रतिनिधि सभा

कुल सिट: १६५
लेखक
रासस

रासस (राष्ट्रिय समाचार समिति) नेपालको सरकारी समाचार संस्था हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?