News Summary
Generated by OK AI. Editorially reviewed.- जापानको टोकियोस्थित शिबा पार्कमा २१ र २२ मार्चमा चैते दशैं मेला आयोजना हुने भएको छ।
- मेलामा धौलागिरी क्षेत्रका परम्परागत हस्तकला, लोक दोहोरी, पञ्चे बाजा र परम्परागत प्रतियोगिता हुनेछन्।
- नेपालबाट आएका कलाकार शान्तिश्री परियार, योगेशकाजी र अनुपा थापाको टोली सांगीतिक प्रस्तुति दिनेछ।
टोकियो । चैत्राष्टमी पर्वको अवसरमा जापानको टोकियोस्थित शिबा पार्कमा चैते दशैं मेला आयोजना हुने भएको छ। । बागलुङ समाज जापानका महासचिव सचिन आचार्यका अनुसार २१ र २२ मार्चमा मेला संचालन हुनेछ ।
मेलामा धौलागिरी क्षेत्रका परम्परागत हस्तकला सामग्रीको प्रदर्शनी तथा बिक्रीवितरण, लोक दोहोरी, पञ्चे बाजा, भजनकीर्तनका साथै घैटो फोर र लठ्ठो तान्ने जस्ता परम्परागत प्रतियोगिता आयोजना गरिनेछ ।
कार्यक्रमलाई आकर्षक बनाउन नेपालबाट प्रसिद्ध कलाकार शान्तिश्री परियार, योगेशकाजी, अनुपा थापा लगायतको टोली जापान आई सांगीतिक प्रस्तुति दिनेछ ।
बागलुङमा हरेक वर्ष मनाइने चैतेदशैं पर्वको झल्को जापानमै प्रस्तुत गर्ने उद्देश्यका साथ बागलुङ समाज जापानले यो पर्वलाई भव्य रूपमा मनाउँदै आएको छ । यसमार्फत जापानमा रहेका नेपाली समुदायलाई आफ्नो मौलिक संस्कृतिसँग जोड्नुका साथै जापानी समुदायमाझ धौलागिरी क्षेत्र र समग्र नेपालको पहिचान गराउने लक्ष्य राखिएको छ ।
नेपाल भ्रमणमा आउने जापानी पर्यटकलाई धौलागिरी क्षेत्रका विभिन्न रमणीय स्थान अवलोकन गर्न प्रेरित गर्ने उद्देश्यले यो पर्व प्रत्येक दुई वर्षमा एक पटक टोकियोमा भव्य रूपमा आयोजना हुँदै आएको छ ।

प्रतिक्रिया 4