+
+
Shares

भृकुटीमण्डपमा फ्लोरा एक्स्पो सुरु

अनलाइनखबर अनलाइनखबर
२०८२ चैत ५ गते १४:१०

News Summary

Generated by OK AI. Editorially reviewed.
  • काठमाडौंको भृकुटीमण्डपमा फ्लोरिकल्चर एसोसिएसन नेपालले २७औँ फ्लोरा एक्सपो सुरु गरेको छ।
  • बागमती प्रदेशका कृषि तथा पशुपन्छी विकासमन्त्री मधुसुदन पौडेलले पुष्प व्यवसाय प्रवर्द्धनका लागि प्रदेश सरकार तयार रहेको बताए ।
  • फ्लोरा एक्स्पोमा ६५ व्यावसायिक स्टलसहित जम्मा ८३ स्टल राखिएको छ र मेलो आइतबारसम्म चल्नेछ।

५ चैत, काठमाडौं । काठमाडौंको भृकुटीमण्डपमा २७औँ फ्लोरा एक्सपो सुरु भएको छ ।

फ्लोरिकल्चर एसोसिएसन नेपाल (फ्यान) को आयोजनामा एक्स्पो सुरु भएको हो ।

‘स्वच्छ वातावरण, रोजगारी तथा आर्थिक समृद्धिका लागि पुष्प व्यवसाय’ भन्ने मूल नाराका साथ सुरु भएको मेलाको उद्घाटन बागमती प्रदेशका कृषि तथा पशुपन्छी विकासमन्त्री मधुसुदन पौडेलले गरे ।

मन्त्री पौडेलले पुष्पव्यवसाय प्रवर्द्धनका लागि सहयोग गर्न प्रदेश सरकार तयार रहेको बताए ।

उनले स्मार्ट पुष्प व्यवसायका लागि प्रदेश सरकारले चालु वर्षको बजेटमा रकम छुट्टाएको बताउँदै त्यो वितरण गर्ने तयारी भइरहेको जानकारी दिए । उनकाअनुसार कार्यविधि अर्थमन्त्रालयमा पुगिसकेको छ ।

फ्लोरा एक्स्पोमा व्यावसायिक स्टल ६५, अफिसियल स्टल–११, प्रतिस्पर्धा स्टल–दुई, फुड स्टल–दुई, ल्यान्डस्केप स्टल–एक, सेल्फी स्टल–एक, बी वाई डी इभी कारको स्टल एकसहित गरी जम्मा ८३ ओटा स्टल रहेको आयोजकले जनाएको छ ।

एक्स्पो आइतबाररसम्म चल्नेछ ।

#ResultWithOK View All Results
पार्टीहरू
अग्रता
जित
कुल सिट
Change
समानुपातिक मत
Loading election results...

प्रत्यक्ष सिट — प्रतिनिधि सभा

कुल सिट: १६५
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?