+
+
Shares

झापामा एक युवा व्यवसायी मृत फेला

रासस रासस
२०८२ चैत ५ गते १३:५३

News Summary

Generated by OK AI. Editorially reviewed.
  • दमकका युवा व्यवसायी तथा सामाजिक अगुवा रूपनारायण न्यौपाने ५ चैत बिहान गौरीगञ्ज गाउँपालिका–१ स्थित कुन्जीबारीमा मृत भेटिएका छन्।
  • न्यौपानेको शव स्थानीयले मृतावस्थामा देखेपछि प्रहरीलाई खबर गरेका थिए र जिल्ला प्रहरी कार्यालयले कानुनी मचुल्का उठाएर शव परीक्षणका लागि परिवारलाई जिम्मा दिएको छ।
  • न्यौपाने दमकमा ईलेक्ट्रोनिक व्यवसाय सञ्चालन गर्दै आएका थिए र कमलनगर जेसीजका संस्थापक अध्यक्ष समेत थिए।

५ चैत, झापा । दमकका युवा व्यवसायी तथा सामाजिक अगुवा रूपनारायण न्यौपाने मृत भेटिएका छन् ।

५० वर्षीय न्यौपानेको आज बिहान गौरीगञ्ज गाउँपालिका–१ स्थित कुन्जीबारीमा शव भेटिएको हो ।

दमकदेखि करिब ३० किलोमिटर दक्षिण कुन्जीबारीमा हिजोखेती हेर्न गएका उनी मृतावस्थामा देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए ।

जिल्ला प्रहरी कार्यालयले शवको कानुनी मचुल्का उठाएर शव परीक्षणका लागि परिवारलाई जिम्मा दिएको जनाइएको छ ।

दमकमा लामो समयदेखि व्यावसायिक क्षेत्रमा क्रियाशील न्यौपाने सहकारीकर्मी र सामाजिक कार्यमा सक्रिय थिए।

कमलस्थित कमलनगर जेसीजका संस्थापक अध्यक्ष न्यौपाने दमकमा ईलेक्ट्रोनिक व्यवसाय सञ्चालन गदै आएका थिए ।

न्यौपाने श्रीमती र दुई छोराका साथ दमक ६ स्थित देवकोटा चौकमा बस्दै आएका थिए ।

#ResultWithOK View All Results
पार्टीहरू
अग्रता
जित
कुल सिट
Change
समानुपातिक मत
Loading election results...

प्रत्यक्ष सिट — प्रतिनिधि सभा

कुल सिट: १६५
लेखक
रासस

रासस (राष्ट्रिय समाचार समिति) नेपालको सरकारी समाचार संस्था हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?