+
+
Shares

घरबाटै बेपत्ता ७३ वर्षीया महिला मृत फेला, हत्याको आशंका

महोत्तरीको गौशाला नगरपालिका–१ रामनगरकी ७३ वर्षीया रासोदेवी यादवको शव फेला परेको हो ।

अनलाइनखबर अनलाइनखबर
२०८२ माघ १६ गते १२:३३

१६ माघ, महोत्तरी । दुई दिनअघि घरबाटै बेपत्ता भएकी एक वृद्धा महिला मृत अवस्थामा फेला परेकी छन् ।

महोत्तरीको गौशाला नगरपालिका–१ रामनगरकी ७३ वर्षीया रासोदेवी यादवको शव फेला परेको हो ।

रासो १४ माघ राति घरमै सुतिरहेको अवस्थामा बेपत्ता भएको उनका छोरा हरि यादवले जानकारी दिए ।

परिवार र स्थानीयले खोजतलास गर्ने क्रममा घर अगाडिकै उखु बारीमा उनको शव फेला परेको प्रहरीले जनाएको छ ।

शवको अवस्था र घटनास्थलको प्रकृति हेर्दा हत्याको आशंका गरिएको छ ।

यद्यपि घटनाको वास्तविक कारण भने हालसम्म खुल्न सकेको छैन । प्रहरी अहिले घटनास्थलमा सुरक्षा घेरा हालेर शवको मुचुल्का प्रक्रिया अगाडि बढाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?