+
+
Shares

मनसुनअघि नै कुमारी घरको छानो जीर्णोद्धार सक्न डंगोलको निर्देशन

बिहीबार वसन्तपुरस्थित कुमारी घरको छानो जीर्णोद्धार कार्यको अनुगमन गर्दै उनले यस्तो निर्देशन दिएकी हुन् ।

अनलाइनखबर अनलाइनखबर
२०८२ चैत ५ गते १४:२०

News Summary

Generated by OK AI. Editorially reviewed.
  • काठमाडौं महानगरपालिकाकी कार्यवाहक प्रमुख सुनिता डंगोलले मनसुन सुरु हुनुअघि कुमारी घरको छानो जीर्णोद्धार गरिसक्न निर्देशन दिएकी छन्।
  • डंगोलले धार्मिक, सांस्कृतिक तथा सामाजिक पक्षमा असर नपर्ने गरी समयमा काम सक्न निर्माण पक्षलाई निर्देशन दिएकी छन्।
  • फागुन २५ गतेदेखि सुरु भएको कुमारी घरको छानो जीर्णोद्धार कार्य फागुन ११ गते सम्झौता गरिएको अजय निर्माण सेवाले गरिरहेको छ।

५ चैत, काठमाडौं । काठमाडौं महानगरपालिकाकी कार्यवाहक प्रमुख सुनिता डंगोलले मनसुन सुरु हुनुअघि कुमारी वहाल (कुमारी घर) को छानो जीर्णोद्धार गरिसक्न निर्देशन दिएकी छन् ।

बिहीबार वसन्तपुरस्थित कुमारी घरको छानो जीर्णोद्धार कार्यको अनुगमन गर्दै उनले यस्तो निर्देशन दिएकी हुन् ।

उनले कुमारी घरसँग सम्बन्धित धार्मिक, सांस्कृतिक तथा सामाजिक पक्षमा असर नहुने गरी समयमा काम सक्न निर्माण पक्षलाई निर्देशन दिएको बताइन् ।

उनले कुमारी वहाल काठमाडौंको अनुहार समेत भएको उल्लेख गर्दै यसको छानो चुहिएको सूचना पाएपछि चासो राखेर महानगरपालिका जीर्णोद्धारका लागि आएको बताए ।

गत बर्खायामबाट कुमारी घरको छानो चुहिने भएपछि जीर्णोद्धारको प्राविधिक पक्ष अध्ययन गर्न साउन २ गते समिति गठन भएको थियो ।

कार्यवाहक प्रमुख डंगोलले जीर्णोद्धार कार्य सम्पन्न भइसकेपछि थप सामाजिक तथा धार्मिक कार्य अगाडि बढाइने जानकारी समेत बताइन् ।

बोलपत्रमार्फत छानिएको निर्माण पक्ष अजय निर्माण सेवासँग फागुन ११ गते सम्झौता गरेर फागुन २५ गतेदेखि जिर्णोद्धारको काम सुरु भएको थियो ।

#ResultWithOK View All Results
पार्टीहरू
अग्रता
जित
कुल सिट
Change
समानुपातिक मत
Loading election results...

प्रत्यक्ष सिट — प्रतिनिधि सभा

कुल सिट: १६५
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?