+
+
Shares

‘मन बिनाको धन २’ बन्ने, शीर्ष भूमिकामा पूजा अनुबन्धित

अनलाइनखबर अनलाइनखबर
२०८३ वैशाख २८ गते १३:०१

News Summary

Generated by OK AI. Editorially reviewed.
  • २०८२ सालको हिट फिल्म ‘मन बिनाको धन’ को दोस्रो श्रृंखला ‘मनबिनाको धन २’ बन्न लागेको छ।
  • फिल्मको निर्देशन टंक बुढाथोकीले गर्नेछन् र शीर्ष भूमिकामा पूजा शर्मा अनुबन्धित भएकी छन्।
  • भदौदेखि छायांकन सुरु हुने फिल्मको पटकथा शिवम् अधिकारीले लेख्नेछन् र संगीत बुढाथोकीकै हुनेछ।

काठमाडौं । २०८२ सालको हिट फिल्म ‘मन बिनाको धन’ को दोस्रो श्रृंखला बन्ने भएको छ । अघिल्लो वर्ष घरेलु बक्सअफिसमा ४ करोड रुपैयाँ ग्रस कमाइ गरेको यो फिल्मको सिक्वेल ‘मनबिनाको धन २’ बन्न लागेको हो ।

जसको लागि निर्माताले कलाकारको अनुबन्धन प्रक्रिया थालेका छन् । टंक बुढाथोकी प्रोडक्सनको ब्यानरमा बन्ने फिल्मलाई बुढाथोकीले नै निर्देशन गर्नेछन् ।

पटकथा तथा संवाद शिवम् अधिकारीको हुनेछ । संगीत चाहिँ बुढाथोकीकै हुनेछ । चर्चित संगीतकार समेत रहेका बुढाथोकीले आफ्नो हिट गीतबाट फिल्मको नामाकरण गरेका थिए ।

दोस्रो श्रृंखलाको शीर्ष भूमिकामा अभिनेत्री पूजा शर्मा अनुबन्धित भएकी छन् । शर्मा र बुढाथोकीबीच लिखित सम्झौता भएको छ । आउँदो भदौदेखि छायांकन सुरु हुने जनाइएको छ ।

अन्य कलाकारबारे खुलाइएको छैन । फिल्मबारे बुढाथोकीले भने, ‘हामी अहिले प्रि–प्रोडक्सनको काममा व्यस्त छौं । सुरुवातमै पूजाजीलाई फिल्ममा अनुबन्धित गरेका छौं । अरु, कलाकारहरुलाई पनि लिने तयारी छ ।’

अभिनेत्री शर्माले पनि यो फिल्ममा जोडिन पाउँदा आफू खुशी भएको बताइन् । उनले भनिन्, ‘फिल्मको कथावस्तु निकै पारिवारिक छ । मलाई आफ्नो भूमिका र टिम नै मन परेका कारण काम गर्न तयार भएको हुँ ।’ निर्मातामा विष्णुमाया मैनाली हुनेछिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?