News Summary
Generated by OK AI. Editorially reviewed.- भक्तपुरको चाँगुनारायण–६ का ४१ वर्षीय गणेश बहादुर तामाङलाई मोटरसाइकल चालकमाथि हातपात गरेको आरोपमा प्रहरीले पक्राउ गरेको छ।
- तामाङले कारमा सवार भएर मोटरसाइकल ओभरटेक गर्ने क्रममा वादविवाद हुँदा हातपात गरेको भिडियो सामाजिक सञ्जालमा भाइरल भएको थियो।
- प्रहरी अपराध अनुसन्धान महाशाखाले उक्त घटनामा संलग्न तामाङलाई पक्राउ गरेको हो।
५ चैत, काठमाडौं । मोटरसाइकल चालकहरूमाथि हातपात गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा भक्तपुरको चाँगुनारायण–६ नगरकोटका ४१ वर्षीय गणेश बहादुर तामाङ रहेका छन् ।
उनलाई अपराध अनुसन्धान महाशाखाले पक्राउ गरेको हो ।
सडकमा दुईवटा मोटरसाइल हिंडिरहेको अवस्थामा कारमा सवार तामाङले ओभरटेक गर्ने क्रममा वादविवाद भएको थियो ।
सो क्रममा उनले मोटरसाइकल चालकहरूलाई हातपात समेत गरेका थिए । उक्त भिडियो सामाजिक सञ्जालमा भाइरल भएपछि प्रहरीले तामाङलाई पक्राउ गरेको हो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4