+
+
Shares

जेनजी आन्दोलनमा सुन्धारा कारागारबाट भागेका थप एक कैदी पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०८२ चैत ५ गते १६:३५

News Summary

Generated by OK AI. Editorially reviewed.
  • जेनजी आन्दोलनको क्रममा सुन्धाराबाट भागेका विष्णु बहादुर गुरुङलाई बुधबार काठमाडौंको कलंकीबाट पक्राउ गरिएको छ।
  • उनलाई अवैध रुपमा बाघको छाला बिक्री व्यवसाय गरेको मुद्दामा १५ वर्ष कैद र एक लाख जरिवाना तोकिएको थियो।
  • गुरुङ भदौ २४ गते कारागारबाट फरार भएका थिए र लुकिछिपी अवस्थामा पक्राउ गरी सुन्धारा कारागार पठाइएको छ।

५ चैत, काठमाडौं । जेनजी आन्दोलनको क्रममा केन्द्रीय कारागार सुन्धाराबाट भागेका थप एक जना कैदी पक्राउ परेका छन् ।

उनलाई प्रहरीले बुधबार काठमाडौंको कलंकी क्षेत्रबाट पक्राउ गरेको हो ।

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)का वरिष्ठ उपरीक्षक एवं प्रवक्ता शिव कुमार श्रेष्ठका अनुसार, तनहुँको देवघाट गाउँपालिका–१ क ५६ वर्षीय विष्णु बहादुर गुरुङ पक्राउ परेका हुन् ।

उनी अवैध रुपमा ‘बाघको छाला बिक्री व्यवसाय’ गरेको मुद्दामा पक्राउ परेका थिए ।

चितवन राष्ट्रिय निकुञ्ज कार्यालयको फैसला अनुसार उनलाई १५ वर्ष कैद र एक लाख जरिवाना तोकिएको थियो ।

उनी भदौ २४ गते भएको जेनजी आन्दोलनको क्रममा कारागारबाट फरार भएका थिए ।

उनी लुकिछिपी रहेको अवस्थामा काठमाडौं महानगरपालिका–१४ स्थित कलंकीबाट बुधबार पक्राउ गरी सुन्धारा कारागार पठाइएको सीआईबीले जनाएको छ ।

१६५
प्रत्यक्ष सिट
पार्टीहरू प्रत्यक्ष सिट
0 Seat
0 Seat
समानुपातिक कुल सिट
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?