+
+
Shares
डकुमेन्ट्री :

‘स्नो लियोपार्ड सिस्टर्स’ को काठमाडौं प्रिमियर : हिमचितुवा संरक्षण प्रयासको कथा

अनलाइनखबर अनलाइनखबर
२०८२ चैत ५ गते १४:३०

News Summary

Generated by OK AI. Editorially reviewed.
  • डकुमेन्ट्री फिल्म ‘स्नो लियोपार्ड सिस्टर्स’लाई काठमाडौंको लबिम मलमा नेपाल प्रिमियर गरिएको छ।
  • फिल्मले डोल्पाका दुई आदिवासी महिलाबीचको मित्रता र हिमचितुवा संरक्षणको कथा प्रस्तुत गर्छ।
  • कार्यकारी निर्माता लियोनार्दो डिकाप्रियो रहेको यो फिल्मले एक दर्जनभन्दा बढी अन्तर्राष्ट्रिय पुरस्कार जितिसकेको छ।

काठमाडौं । डकुमेन्ट्री फिल्म ‘स्नो लियोपार्ड सिस्टर्स’लाई नेपाल प्रिमियर गरिएको छ । लबिम मलमा आयोजित प्रिमियर शोमा नेपालीसहित विदेशी दर्शकको समेत उल्लेख्य उपस्थिति थियो ।

डकुमेन्ट्रीमा हिमालयको सबैभन्दा पृथक कुना डोल्पाका दुई आदिवासी महिला बीचको असम्भव तर शक्तिशाली मित्रताको प्रेरणादायी कथा प्रस्तुत गरिएको छ ।

यो डकुमेन्ट्रीलाई सोनम चोकी लामा, बेन आयर्स र एन्ड्रयू लिन्चले निर्देशन गरेका हुन् । फिल्मले स्थानीय हिमचितुवा संरक्षणकर्मी छिरिङल्हामु लामाले १७ वर्षीया तेन्जिन भुटी गुरुङलाई कसरी मार्गदर्शन गर्छिन् भन्ने यात्रा देखाउँछ । उनीहरू दुबै खतरापूर्ण र सुन्दर हिमालयको भू-दृश्य हुँदै दुर्लभ र संकटग्रस्त हिमचितुवाको खोजीमा निस्कन्छन् ।

फिल्मले संरक्षण क्षेत्रमा महिला आवाजको शक्ति उजागर गर्दै उनीहरूले रहस्यमय हिमचितुवाका लागि कसरी राम्रो भविष्य निर्माण गर्ने भन्ने सम्भावनालाई देखाउँछ । फिल्मले डोल्पा जिल्ला क्षेत्रमा संकटग्रस्त हिमचितुवाको संख्या बढाउन र स्थानीय गोठालाले बदला स्वरूप गर्ने हिमचितुवा हत्या पूर्ण रूपमा अन्त्य गर्न प्रत्यक्ष पहललाई प्रेरित गरेको छ ।

नेपाली फोटोग्राफर सोनम चोयकीले आफ्नी दिदि छिरिङल्हामु लामासँग मिलेर हिमचितुवाको खोज तथा संरक्षणको कामलाई आफ्नो दुर्गम मातृभूमिमा कैद गर्न सुरु गरेकी थिइन्, जुन पछि उनको पहिलो वृत्तचित्रका रूपमा विकसित भयो । यो डकुमेन्ट्रीमा विभिन्न अन्र्तराष्ट्रिय फिल्म फेस्टिभलका विजेता बेन आयर्स र एन्ड्रयू लिन्च पनि जोडिए, जसले तीन महादेशमा फैलिएको सशक्त टोली निर्माण गर्‍यो ।

यो डकुमेन्ट्रीको कथा बेन आयर्स र एन्ड्रयू लिन्चले लेखेका हुन् । इयान डेभिस, टोर्किल जोन्स, जोआना नतासेगारा र छिरिङ ल्हामु लामाले निर्माण गरेका हुन् । सोनम चोयकी लामा, एन्ड्रयू लिन्च र रश स्टर्जेसले छायांकन गरेको डकुमेन्ट्रीको सम्पादन केटी ब्रायरले गरेका हुन् ।

कार्यकारी निर्मातामा अस्कर अवार्ड विजेता निर्देशक जोआना नतासेगारा र चर्चित हलिउड अभिनेता लियोनार्दो डिकाप्रियो छन् । यो डकुमेन्ट्रीले एक दर्जनभन्दा धेरै महोत्सवहरुमा पुरस्कार जितिसकेको छ ।

#ResultWithOK View All Results
पार्टीहरू
अग्रता
जित
कुल सिट
Change
समानुपातिक मत
Loading election results...

प्रत्यक्ष सिट — प्रतिनिधि सभा

कुल सिट: १६५
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?