News Summary
Generated by OK AI. Editorially reviewed.- प्रतिनिधिसभा कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिले सात सदस्यीय उपसमिति गठन गरेको छ।
- सभापति अशोक चौधरीले प्रादेशिक प्रतिनिधित्व र विषयगत विशिष्टतालाई ध्यानमा राखेर उपसमिति गठन भएको बताए।
- उपसमितिमा डा. सुजता तामाङ, खगेन्द्र कर्ण, ज्ञानेन्द्र महत लगायत सदस्यहरू छन् ।
३१ वैशाख, काठमाडौं । प्रतिनिधिसभा अन्तर्गतको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिले विभिन्न विषयगत क्षेत्रको अध्ययन तथा प्रतिवेदन तयारीका लागि सात सदस्यीय उपसमिति गठन गरेको छ ।
समितिका सभापति अशोक चौधरीले बैठकले प्रादेशिक प्रतिनिधित्व र विषयगत विशिष्टतालाई ध्यानमा राख्दै उक्त उपसमिति गठन गरेको हो ।
उपसमिति गठनका क्रममा सभापति चौधरीले केवल प्रतिनिधित्व मात्र नभई सम्बन्धित विषयमा अध्ययन गरी ठोस प्रतिवेदन तयार पार्न सदस्यहरूको चयन गरिएको स्पष्ट पारे ।
नवगठित उपसमितिमा डा. सुजता तामाङ, खगेन्द्र कर्ण, ज्ञानेन्द्र महत, गंगालक्ष्मी अवाल, चन्देश्वर मण्डल, ताहिर अली बार र प्रेमबहादुर बयक सदस्य रहेका छन् ।
समितिले कृषि, वन लगायतका क्षेत्रका लागि आवश्यकताअनुसार थप उपसमितिहरू समेत निर्माण गर्दै लैजाने लक्ष्य राखेको छ ।
उपसमितिको गठनसँगै समितिको बैठक १ जेठ बिहान ११ बजे पुनः बस्ने गरी स्थगित भएको छ ।
प्रतिक्रिया 4