+

इरानका खेलकुदमन्त्रीले भने- हालको परिस्थितिमा विश्वकप सहभागिता सम्भव छैन

२०८२ फागुन  २७ गते २२:४४ २०८२ फागुन २७ गते २२:४४
इरानका खेलकुदमन्त्रीले भने- हालको परिस्थितिमा विश्वकप सहभागिता सम्भव छैन

News Summary

Generated by OK AI. Editorially reviewed.
  • इरानका खेलकुदमन्त्री अहमद डोन्यामालीले देशको अस्थिर अवस्थाका कारण फिफा विश्वकप २०२६ मा सहभागी हुन नसक्ने बताएका छन्।
  • इरानले अमेरिकी र इजरायली सैन्य आधारमा मिसाइल प्रहार गरेको र खेलाडीहरू सुरक्षित नभएको कारण विश्वकप सहभागिता सम्भव नरहेको डोन्यामालीले बताए।
  • फिफा नियमअनुसार टोली बाहिरिएमा प्रतिस्थापन गर्ने व्यवस्था छ भने इरान फुटबल महासंघका अध्यक्षले पनि टोली पठाउन कठिन भएको बताएका छन्।

२७ फागुन, काठमाडौं । इरानका खेलकुदमन्त्री अहमद डोन्यामालीले देशको वर्तमान अवस्थाका कारण फिफा विश्वकप २०२६ मा सहभागी हुन सक्ने अवस्था नरहेको बताएका छन्।

अमेरिका र इजरायलले गरेको आक्रमणमा इरानका सर्वोच्च नेता आयतोल्लाह अली खामेनेईको मृत्यु भएपछि देशको अवस्था अस्थिर बनेको भन्दै उनले यस्तो अवस्थामा विश्वकप सहभागिता सम्भव नहुने बताएका हुन् ।

अमेरिकी हमलापछि जवाफमा इरानले इजरायल र अमेरिकी सैन्य आधार रहेका देशतर्फ मिसाइल र ड्रोन प्रहार गरेको थियो। यस्तो परिस्थितिमा टोलीलाई विश्वकप खेलाउन सुरक्षित वातावरण नरहेको उनले बताएका छन्।

डोन्यामालीले आईआरआईबी स्पोर्ट्स नेटवर्कसँगको अन्तर्वार्तामा भने, ‘हाम्रो नेताको हत्या गरिएको अवस्थामा विश्वकपमा सहभागी हुने उपयुक्त परिस्थिति छैन। खेलाडीहरू सुरक्षित छैनन्, त्यसैले सहभागिताको अवस्था बनेको छैन।’

विश्वकप २०२६ अमेरिका, क्यानडा र मेक्सिकोमा जुन ११ देखि सुरु हुँदैछ। इरानले समूह चरणमा न्युजिल्यान्डसँग जुन १५, बेल्जियमसँग जुन २१ (दुवै खेल लस एन्जलसमा) र इजिप्टसँग जुन २६ मा सियाटलमा खेल्ने तालिका रहेको छ।

यसअघि फिफा अध्यक्ष जियानी इन्फान्टिनोले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानलाई प्रतियोगितामा सहभागी हुन स्वागत गरेको बताएका थिए।

यता इरान फुटबल महासंघका अध्यक्ष मेहदी ताजले पनि वर्तमान परिस्थितिमा विश्वकपमा टोली पठाउने विषय कठिन भएको बताएका छन्।

फिफाको नियमअनुसार कुनै टोली प्रतियोगिताबाट बाहिरिए वा हटाइएमा त्यसको निर्णय फिफाले गर्नेछ र आवश्यक परे अर्को टोलीलाई प्रतिस्थापनका रूपमा सहभागी गराउन सकिने व्यवस्था छ।

-बीबीसीबाट

इजरायल-अमेरिका-इरान युद्ध इरान फुटबल फिफा विश्वकप २०२६
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय