+
+
Shares

युद्धका बाबजुद इरानी फुटबल टोलीलाई अमेरिकामा स्वागत गर्ने ट्रम्पको भनाइ

अनलाइनखबर अनलाइनखबर
२०८२ फागुन २७ गते १६:२१

News Summary

Generated by OK AI. Editorially reviewed.
  • अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानी राष्ट्रिय फुटबल टोलीलाई आगामी विश्वकप खेल्न अमेरिकामा स्वागत गरिने बताएका छन्।
  • फिफा अध्यक्ष जियानी इन्फान्टिनोले ट्रम्पसँगको भेटमा विश्वकप तयारी र सुरक्षाका विषयमा छलफल भएको उल्लेख गरेका छन्।
  • ट्रम्पले मध्यपूर्व तनावका बाबजुद खेलकुदलाई राजनीतिको छायामा नराख्ने र इरानी टोलीको सहभागितामा बाधा नहुने बताए।

२७ फागुन, काठमाडौं । इरान र इजरायल–अमेरिका बीचको भीषण युद्ध जारी रहेकै समयमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानी राष्ट्रिय फुटबल टोलीलाई आगामी विश्वकप खेल्न अमेरिकामा स्वागत गरिने बताएका छन् ।

फिफा अध्यक्ष जियानी इन्फान्टिनोले सामाजिक सञ्जाल इन्स्टाग्राममार्फत राष्ट्रपति ट्रम्पसँगको भेटबारे जानकारी दिँदै सो कुरा उल्लेख गरेका हुन् ।

सन् २०२६ मा उत्तर अमेरिकामा आयोजना हुन लागेको विश्वकपका लागि इरानले यसअघि नै छनोट चरण पार गरिसकेको छ ।

इन्फान्टिनोका अनुसार वासिङ्टनमा भएको सो भेटमा विश्वकपको तयारी र सुरक्षाका विषयमा छलफल भएको थियो ।

राष्ट्रपति ट्रम्पले मध्यपूर्वमा जारी तनाव र सैन्य कारबाहीका बाबजुद पनि खेलकुदलाई राजनीतिको छायामा नराख्ने आशय व्यक्त गर्दै इरानी टोलीको सहभागितामा कुनै बाधा नहुनेमा जोड दिएका छन् ।

‘छलफलका क्रममा राष्ट्रपति ट्रम्पले इरानी टोलीलाई संयुक्त राज्य अमेरिकामा प्रतिस्पर्धा गर्न अवश्य पनि स्वागत गर्नुभयो,’ इन्फान्टिनोले लेखेका छन् ।

यस निर्णयले युद्धको तनावका बीच पनि विश्व खेलकुद जगत्मा केही आशाको सञ्चार गरेको छ ।

#ResultWithOK View All Results
पार्टीहरू
अग्रता
जित
कुल सिट
Change
समानुपातिक मत
Loading election results...

प्रत्यक्ष सिट — प्रतिनिधि सभा

कुल सिट: १६५
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?