Comments Add Comment

प्यारालाइसिसको उपचार फिजियोथेरापी मात्र होइन 

प्यरालाइसिस जसलाई हामी पक्षघात भन्छौं, यो एक असहज अवस्था हो । पक्षघात भनेको शरीरको कुनैपनि भाग सञ्चालन नहुनु हो ।

अहिले धेरैजसो पक्षघातको शिकार भएका छन् । पक्षघातबाट प्रभावित क्षेत्रको संवेदना-शक्ति समाप्त हुन्छ । यसको सही उपचार नभएमा जीवनभर अपाङ्गता भएर बाँच्नुपर्ने हुन्छ ।

प्यारालाइसिस हुनु को कारण धेरै छन् । जस्तो किसस्नायु प्रणाली मा खराबी, मुख्य त मेरुदण्ड खराब हुँदा । स्ट्रोक, स्नायु को ट्रमा ,पोलिमाइलाइटिस,सेरिबेरल पाल्सी,पेरिफेरल नेउरोप्याथी,पार्किन्सन,  बोटुलिसम,इस्पिना बिफिडा,जि बि स आदि । यी मध्ये स्ट्रोक अहिले नम्बर १ मा छ।

पक्षघात भइसकेपछि तुरुन्त र प्रभावकारी उपचार भएन भने ज्यान जाने जोखिम हुन्छ । ज्यान जोगाएपनि जीवनभर अपाङ्गता भएर बाँच्नुपर्ने हुन्छ । अर्को यर्थाथ के पनि हो भने, पक्षघातबाट तुरुन्तै मुक्त हुन सकिदैन ।

जब पक्षघात हुन्छ, तब फिजियोथेरापी गर्न लगाइन्छ । यसलाई सजिलो भाषामा शारीरिक क्रिया चिकित्सा भनेर बुझ्न सकिन्छ । प्रभावित मांसपेशीलाई सक्रिय बनाउनका लागि गरिने व्यायाम नै शारीरिक चिकित्सा वा फिजियोथेरापी हो ।

फिजियोथेरापीले मात्र पुग्छ त ?

डा. मनोज ढकाल

अहिले पक्षघातका अधिकांश विरामीले फिजियोथेरापी गराउने गर्छन् । यसले थप खतराबाट बचाउनका साथै सामान्य अवस्थामा फर्काउन पनि मद्दत गर्छ । कतिपय पक्षघात पूर्णत निको नहुन सक्छ । जुन किसिमको पक्षघातको उपचार हुन्छ, त्यसका लागि सही ढंगको विधी भने अपनाउनुपर्छ ।

सही एवं प्रभावकारी ढंगले गरिने उपचारले पक्षघातको समस्याबाट मुक्त गराउँछ । यसका लागि फिजियोथेरापी मात्र काफी छैन ।

के गर्नुपर्छ त ?

फिजियोथेरापीले मात्रै पक्षघातको उपचार हुन्छ भन्ने जुन आम बुझाई छ, त्यो पूर्ण छैन । त्यही कारण पक्षघातको समस्या भएर पनि लामो समयसम्म उनीहरु त्यही अवस्थामा रहिरहन्छन् ।

पक्षघात भइसकेपछि फिजियोथेरापीसँगै अन्य उपचार पद्दती पनि अपनाउनुपर्छ । जस्तो कि, प्राकृतिक चिकित्सा, योगा, अकुपंचर आदिको सिलसिलावद्ध उपचार । पक्षघातको समस्या भएकालाई स्पिचथेरापी, मनोपरामर्श पनि दिलाउनुपर्छ ।

पक्षघातको प्रभावकारी उपचार गराउन स्नायु तथा मुटुरोग विशेषज्ञ, फिजियोथेरापिस्ट, योग प्रशिक्षक, मनोचिकित्सक, प्राकृतिक चिकित्सक आदिको एकिकृत प्रयास आवश्यक हुन्छ ।

पक्षघात प्रभावित भागमा रक्तप्रवाह गराउन अकुपञ्चर गराउन सकिन्छ । जल थेरापी अर्थात पानीको सम्पर्कबाट पनि कतिपय समस्या कम गर्न सकिन्छ ।

यी सबै सुविधा उपलब्ध सबै अस्पतालमा उपलब्ध नहुन सक्छ । त्यसैले जहाँ यी सबै सुविधा उपलब्ध छ, त्यही नै पक्षघातको उपचार गराउनु राम्रो हुन्छ ।

त्यसैले पक्षघात भइसकेपछि कहाँ उपचार गराउने भन्ने कुरा तपाईंले त्यहाँ उपलब्ध सेवा-सुविधा हेरेर टुंगो गर्नुपर्छ । अहिले धेरैजसो ठाउँमा फिजियोथेरापी मात्र गराइन्छ । फिजियोथेरापीले मात्र पक्षघातको समस्याबाट मुक्त गराउँछ भन्ने पनि लागेको छ । फिजियोथेरापी आवश्यक छ । यद्यपी त्यससँगै अरु सम्बन्धित उपचार पद्दती अपनाइयो भने पक्षघातको समस्याबाट चाडै मुक्ती पाइन्छ ।

(लेखक आयुष अस्पताल नयाँबानेश्वरमा कार्यरत छन्)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment