News Summary
Generated by OK AI. Editorially reviewed.- फिल्म 'पीआर'को गीत 'टाटा बाइ बाइ' युट्युबमा सार्वजनिक भएसँगै दर्शकले रुचाएका छन्।
- निर्देशक शोभित बस्नेतले गीतले सामाजिक सञ्जालमा चर्चा पाएपछि दंग भएको बताए।
- फिल्म आगामी मंसिर २६ गतेबाट देशब्यापी प्रदर्शन हुने तयारीमा छ।
काठमाडौं । युट्युबमा सार्वजनिक भएको फिल्म ‘पीआर’को गीत ‘टाटा बाइ बाइ’लाई दर्शकले रुचाएका छन् ।
टिकटक र रिल्समा समेत राखिएको यो गीतमाथि दर्शकले प्रशस्तै भिडियो बनाइरहेका छन् । यसले निर्मातालाई उत्साहित तुल्याएको छ ।
निर्देशक शोभित बस्नेत सामाजिक सञ्जालमा आफ्नो फिल्मको गीतले चर्चा पाएपछि दंग छन् । यो गीत आइतबार सलोमा युट्युब च्यानलबाट रिलिज भएको थियो ।
गीतले युट्युबमा पनि राम्रै भ्यूज पाएको छ । २ हजार भन्दा धेरै लाइक प्राप्त भएको छ भने अधिकांश कमेन्टकर्ताले गीतको प्रशंसा गरेका छन् ।
गीतमा फिल्मका मुख्य कलाकार नीर शाह र गौरी मल्लको रोमान्टिक नृत्यलाई दर्शकले रुचाएका छन् ।
गीतमा भिम बीसीको संगीत, टेक बीसी र प्रीती घिमिरेको स्वर छ भने गीतको भिडियोमा रामजी लामिछानेको नृत्य निर्देशन छ ।
सलोन सलिना फिल्म्सको ब्यानरमा बनेको फिल्ममा आरए सुरज पौडेल, विनिता कार्की, राजन कुँवर, पूजा चौधरी, आश्मा अधिकारी मस्तानी, विमला खत्री, गणेश बुढाथोकी, म्याक्स कृष्ण थापा र नवीन घायलले अभिनय गरेका छन् ।
विशेष भूमिकामा नीर शाह, गौरी मल्ल, रवीन्द्र खड्का, उत्तम केसी, दिक्पाल कार्की छन् ।
निर्देशक बस्नेतले प्रेम, संघर्ष र आप्रवासनसँग जोडिएको भावनात्मक कथामा आधारित फिल्म निर्माण भएको बताए ।
विदेशमा रहेका छोराछोरीको अवस्था र नेपालमा रहेका बुबाआमाले उनीहरुप्रति गरेको अपेक्षा फिल्ममा समेटिएको निर्माण पक्षको भनाई छ । प्रस्तुतकर्ता रञ्जित साह र सन्तोष तिवारी हुन् भने निर्मातामा लक्ष्मण सापकोटा र प्रदीप दाहाल छन् । फिल्म आगामी मंसिर २६ गतेबाट देशब्यापी प्रदर्शन तयारीमा छ ।
प्रतिक्रिया 4