+
+
WC Series
पोखरा एभेन्जर्स 2025
145/6 (18.4)
VS
८ बलमा २१ रन आवश्यक
काठमान्डु गोर्खाज 2025
165/8 (20)
Shares

यमरी पुन्हीलाई संस्कारका रूपमा अघि बढाउनुपर्छ : उपप्रमुख डंगोल

डंगोलले यमरी पुन्ही एउटा पर्व मात्र नभई संस्कार भएको बताइन् ।

अनलाइनखबर अनलाइनखबर
२०८२ मंसिर १८ गते १५:१७

१८ मंसिर, काठमाडौं । काठमाडौं महानगरपालिकाकी उपप्रमुख सुनिता डंगोलले यमरी पुन्हीलाई संस्कारका रूपमा मनाउनुपर्ने बताएकी छन् ।

२२औं राष्ट्रिय ज्यापु दिवस तथा योमरी पुन्हीको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएकी हुन् ।

उनले ज्यापु दिवसले मेहनत, माटो र पहिचान दर्शाउने उल्लेख गरिन् ।

डंगोलले यमरी पुन्ही एउटा पर्व मात्र नभई संस्कार भएको जिकिर गरिन् ।

उनले आजको दिनलाई विभिन्न जात्रा, पर्व, परम्परा मात्रै नभई अस्तित्वको रूपमा लिनुपर्ने बताइन् ।

उनले भनिन्, ‘आजको ज्यापु दिवसले ज्यापुहरूको मेहनत, माटो र अझ हाम्रो पहिचान दर्शाइरहेको छ । त्यसकारण पनि आजको दिन महत्त्वपूर्ण छ । यो हामीले पर्व मात्र होइन, संस्कारको रूपमा लिनुपर्दछ ।’

उपप्रमुख डंगोलले नेपालीको नाम विश्वव्यापी रूपमा गर्व गर्न लायक बनाउनुपर्ने बताइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?