+
+
Shares

गुण्डुमा ‘ओली कुटी’ निर्माण सुरू, राधिकाले गरिन् शिलान्यास

अहिले ओली बस्दै आएको घर नजिकै करिब एक रोपनी क्षेत्रफलमा ‘ओली कुटी’ निर्माण हुन लागेको हो । बिहीबार राधिका शाक्यले निवास शिलान्यास गरिन् ।

अनलाइनखबर अनलाइनखबर
२०८२ मंसिर १८ गते १५:३३

१८ मंसिर, काठमाडौं । एमाले अध्यक्ष केपी शर्मा ओलीका लागि भक्तपुरको गुण्डुमा निवास बनाउन सुरु भएको छ ।

‘ओली कुटी’ नाम दिइएको निवास बिहीबार राधिका शाक्यले शिलान्यास गरिन् ।

जेनजी आन्दोलनका क्रममा बालकोट निवासमा आगजनी भएपछि ओली भक्तपुरको गुण्डुमा भाडाको घरमा बस्दै आएका छन् ।

अहिले ओली बस्दै आएको घर नजिकै करिब एक रोपनी क्षेत्रफलमा ‘ओली कुटी’ निर्माण हुन लागेको हो ।

एमाले पोलिटब्युरो सदस्य महेश बस्नेतका अनुसार गुण्डुवासीले दिएको जग्गामा कुटी निर्माण हुन लागेको हो ।

नयाँ भवनमा बैठक कक्षहरू र पुस्तकालय हुनेछ ।

नयाँ भवनमा ग्रीनहाउस र कौसीखेती गर्ने सुविधा पनि हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?