+
+
Shares

ओली कुटीका लागि चन्दा उठाइँदैन : महेश बस्नेत

बस्नेतले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्, ‘ओली निवास निर्माणमा चन्दा उठाइँदैन । गुण्डुबासीहरूको साझा भावना र सम्मानका प्रतीकका रूपमा गुण्डुबासीकै हातबाट, गुण्डुबासीकै मनबाट । पूर्वप्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीज्यूको निमित्त बन्ने ओली निवास हाम्रो आफ्नै गाउँको पहल हो ।’

अनलाइनखबर अनलाइनखबर
२०८२ कात्तिक ८ गते १९:५४

८ कात्तिक, काठमाडौं । नेकपा एमालेका नेता महेश बस्नेतले पार्टी अध्यक्ष केपी शर्मा ओलीको निवास निर्माण गर्न चन्दा नउठाउने बताएका छन् ।

ओली निवास निर्माणका लागि गुण्डुबासीले नै योगदान गर्ने नेता बस्नेतको दाबी छ । जेनजी आन्दोलनका क्रममा भदौ २४ गते बालकोटस्थित निवास जलेपछि ओली भक्तपुरकै गुण्डुमा भाडाको घरमा बस्दै आएका छन् ।

अध्यक्ष ओलीका लागि अब बन्ने निवासलाई एमाले नेताहरूले ‘ओली कुटी’ नाम दिएका छन् ।

बस्नेतले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्, ‘ओली निवास निर्माणमा चन्दा उठाइँदैन । गुण्डुबासीहरूको साझा भावना र सम्मानका प्रतीकका रूपमा गुण्डुबासीकै हातबाट, गुण्डुबासीकै मनबाट । पूर्वप्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीज्यूको निमित्त बन्ने ओली निवास हाम्रो आफ्नै गाउँको पहल हो ।’

गुण्डु नेता बस्नेतको निर्वाचन क्षेत्र समेत हो । जेनजी प्रदर्शनका क्रममा भदौ २४ गते प्रधानमन्त्रीबाट राजीनामा दिएपछि ओलीलाई नेपाली सेनाले  सुरक्षार्थ मकवानपुरको सुपारीटार ब्यारेक लगेको थियो ।

त्यसको १० दिनपछि ओली सुपारीटारबाट सोझै गुण्डुस्थित भाडाको घरमा गएका थिए । एमाले नेता बस्नेतकै पहलमा ओलीलाई गुण्डुमा भाडाको घर खोजिएको थियो । अब ओलीका लागि सोही क्षेत्रमा नयाँ आवास निर्माण गरिने बस्नेतले बताउँदै आएका छन् ।

ओलीका लागि नयाँ घर निर्माण गर्ने चर्चापछि चन्दा दिन खोज्नेहरू समेत आएको भन्दै नेता बस्नेतले त्यस्तो कुनै योजना नभएको दाबी गरे ।

उनले भने, ‘कतिपय साथीहरुले भावनात्मक हिसाबले चन्दा दिन्छु भन्नुभएको छ । कतिपय मिडियाले चन्दा उठाउँदैछन् भनेर लेखेको रहेछ । चन्दा उठाउने कुनै योजना छैन । कसैसँग पनि चन्दा उठाइँदैन, यो हाम्रो आत्मीयता, स्नेह र गौरवको प्रतीक हो ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Hot Properties
Advertisment

छुटाउनुभयो कि ?