+
+
WC Series
चितवन राइनोज 2025
120/6 (20)
VS
Pokhara Avengers won by 8 wickets
Won पोखरा एभेन्जर्स 2025
121/2 (19.4)
Shares

‘ओली कुटी’प्रति शिक्षामन्त्री पुनको व्यंग्य– ‘इञ्जिनियरलाई कारबाही गर्नुपर्छ’

अनलाइनखबर अनलाइनखबर
२०८२ मंसिर २१ गते ८:३६

२१ मंसिर, काठमाडौं । शिक्षामन्त्री महावीर पुनले पूर्वप्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा को प्रस्तावित निवासको डिजाइनप्रति व्यंग्य गरेका छन् ।

पति–पत्नी मात्रै रहेको परिवारलाई बिलासी प्रकृतिको निवासको डिजाइन गरिएको भन्दै उनले त्यसको नक्सा कोर्ने इञ्जिनियरलाई कारबाही हुनुपर्ने भन्दै व्यंग्य गरेका हुन् ।

‘एकछिन रमाइलो’ भन्दै उनले फेसबुकमा लेखेका छन्, ‘यो नक्सा डिजाइन गर्ने इञ्जिनियरलाई सख्त कारबाही गर्नुपर्छ । अनि घोर बेइजती तथा मानहानीको मुद्दा लगाउनु पर्छ भन्ने मेरो भाग छ । हाकिमले २ जना बस्ने कुटीको नक्सा बनाएर ल्याऊ भनेपछि यत्रो ठूलो दरबारको नक्सा बनाइदिनु हुन्छ त उसले । कहाँसम्मको लापरवाही हो यो ?’

जेनजी आन्दोलनको क्रममा गत भदौ २४ गते बालकोटस्थित ओली निवास जलेपछि भक्तपुरको गुण्डुमा नयाँ निवास बनाइँदैछ । ‘ओली कुटी’ नाम दिइएको भवनको शिलान्यास यही मंसिर १८ गते ओली पत्नी राधिकाले गरेकी थिइन् ।

बालकोट निवास आगजनी भएपछि ओली भक्तपुरको गुण्डुमा भाडाको घरमा बस्दै आएका छन् । अहिले ओली बस्दै आएको घर नजिकै करिब एक रोपनी क्षेत्रफलमा भवन बनाउन लागिएको हो ।  एमाले पोलिटब्युरो सदस्य महेश बस्नेतका अनुसार गुण्डुवासीले दिएको जग्गामा भवन निर्माण हुन लागेको हो ।

नयाँ भवनमा बैठक कक्षहरू र पुस्तकालय हुनेछ । नयाँ भवनमा ग्रीनहाउस र कौसीखेती गर्ने सुविधा पनि हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?