+
+
Shares

‘ओली कुटी’प्रति शिक्षामन्त्री पुनको व्यंग्य– ‘इञ्जिनियरलाई कारबाही गर्नुपर्छ’

पति–पत्नी मात्रै रहेको परिवारलाई बिलासी प्रकृतिको निवासको डिजाइन गरिएको भन्दै शिक्षामन्त्री पुनले त्यसको नक्सा कोर्ने इञ्जिनियरलाई कारबाही हुनुपर्ने भन्दै व्यंग्य गरेका छन् ।

अनलाइनखबर अनलाइनखबर
२०८२ मंसिर २१ गते ८:३६

२१ मंसिर, काठमाडौं । शिक्षामन्त्री महावीर पुनले पूर्वप्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओलीको प्रस्तावित निवासको डिजाइनप्रति व्यंग्य गरेका छन् ।

पति–पत्नी मात्रै रहेको परिवारलाई बिलासी प्रकृतिको निवासको डिजाइन गरिएको भन्दै उनले त्यसको नक्सा कोर्ने इञ्जिनियरलाई कारबाही हुनुपर्ने भन्दै व्यंग्य गरेका हुन् ।

‘एकछिन रमाइलो’ भन्दै उनले फेसबुकमा लेखेका छन्, ‘यो नक्सा डिजाइन गर्ने इञ्जिनियरलाई सख्त कारबाही गर्नुपर्छ । अनि घोर बेइजती तथा मानहानीको मुद्दा लगाउनु पर्छ भन्ने मेरो भाग छ । हाकिमले २ जना बस्ने कुटीको नक्सा बनाएर ल्याउ भनेपछि यत्रो ठूलो दरबारको नक्सा बनाइदिनु हुन्छ त उसले । कहाँसम्मको लापरवाही हो यो ?’

जेनजी आन्दोलनको क्रममा गत भदौ २४ गते बालकोटस्थित ओली निवास जलेपछि भक्तपुरको गुण्डुमा नयाँ निवास बनाइँदैछ । ‘ओली कुटी’ नाम दिइएको भवनको शिलान्यास यही मंसिर १८ गते ओली पत्नी राधिकाले गरेकी थिइन् ।

बालकोट निवास आगजनी भएपछि ओली भक्तपुरको गुण्डुमा भाडाको घरमा बस्दै आएका छन् । अहिले ओली बस्दै आएको घर नजिकै करिब एक रोपनी क्षेत्रफलमा भवन बनाउन लागिएको हो ।  एमाले पोलिटब्युरो सदस्य महेश बस्नेतका अनुसार गुण्डुवासीले दिएको जग्गामा भवन निर्माण हुन लागेको हो ।

नयाँ भवनमा बैठक कक्षहरू र पुस्तकालय हुनेछ । नयाँ भवनमा ग्रीनहाउस र कौसीखेती गर्ने सुविधा पनि हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?