Comments Add Comment

मौद्रिक नीति आज नआउने, अर्थमन्त्रीको ‘लाइन’ पर्खिदै गभर्नर

२६ असार, काठमाडौं । शुक्रबार आउने भनिएको सरकारको मौद्रिक नीति पछि धकेलिएको छ । अर्थ मन्त्रालय र नेपाल राष्ट्र बैंकबीच कतिपय विषयमा समझदारी बन्न बाँकी रहेकाले मौद्रिक नीति रोकिएको हो ।

राष्ट्र बैंकका गभर्नर डा. चिरञ्जीवी नेपालले बैंकका अध्यक्ष र सीईओहरुलाई बोलाएर २७ गते मौद्रिक नीति आउने बताएका थिए । तर सवारी कर्जामा कडाई गर्ने लगायतका केही विषयवस्तुमा अर्थमन्त्रीसँग गभर्नरले धारणा जान्न नपाएको स्रोतको भनाइ छ । ठूला बैंकहरुको मर्जरका विषयमा भने अर्थमन्त्रीले बजेटमै ग्रीन सिग्नल दिइसकेका छन् ।

व्यापारघाटा कम गर्न भन्दै सरकारले सवारी साधनहरुको खरिदमा दिने कर्जाको सीमा घटाउने योजना बनाएको छ । श्रोतका अनुसार सरकारी योजनालाई सहयोग गर्न गभर्नर समेत तयार नै छन् । यसबीचमा अटो व्यवसायीहरुले अर्थमन्त्री डा. खतिवडालाई भेटेर कर्जामा कडाई नगर्न आग्रह गरेका थिए । त्यसपछि अर्थमन्त्रीको मुड गभर्नर नेपालले बुझ्न पाएका छैनन् ।

‘सवारी कर्जामा कडाई गर्ने कि नगर्ने भन्ने विषयमा अर्थमन्त्रीज्यूको पछिल्लो धारणाको पर्खाईमा गभर्नर सा’प हुनुहुन्छ,’ राष्ट्र बैंक निकट श्रोतले भन्यो, ‘अर्थमन्त्रीको लाइनमा नै काम गरौं भन्ने कुरा भएकाले मौद्रिक नीति सार्वजनिक गर्न ढिलाई हुने भएको हो ।’

राष्ट्र बैंक मुलुकको केन्द्रीय बैंक हो । बैंक तथा वित्तीय संस्थाहरुको नियमनकारी निकायसमेत रहेको राष्ट्र बैंक एउटा स्वायत्त संस्था भए पनि अर्थमन्त्रालयको लाइनभन्दा बाहिर गएर निर्णय लिन कठिन हुन्छ ।

अर्थमन्त्री र गर्भनरबीच सम्वन्ध त्यति सुमधुर पनि छैन । स्रोतका अनुसार अर्थमन्त्री खतिवडाले आफ्नो धारणा सिधै गभर्नरसमक्ष राख्दैनन् र अर्को व्यक्तिमार्फत आफ्नो सन्देश पठाउँछन् । खासगरी अर्थसचिव राजन खनालले उनको सन्देशबाहकको रुपमा जिम्मेवारी निभाउने गरेको श्रोत बताउँछ ।

अर्थसचिव खनाल राष्ट्र बैंकका सञ्चालक समेत भएका कारण पनि अर्थमन्त्रीलाई आफ्ना कुरा उनीमार्फत राख्न सहज थियो । तर खनाल हाल विदेशमा छन् । उनी बाहिर भएका कारण अर्थमन्त्रीको धारण गभर्नरले सुन्न नपाएका हुन् ।

राष्ट्र बैंकको सञ्चालक समिति ७ सदस्यीय छ । जसको अध्यक्ष गभर्नर नेपाल आफै हुन् भने डेपुटी गभर्नरद्वय चिन्तामणि सिवाकोटी र शिवराज श्रेष्ठ सञ्चालक समिति सदस्य छन् । यस बाहेक अर्थ सचिव खनाल, श्रीराम पौडेल, रामजी रेग्मी र सुवोध कुमार कर्ण सञ्चालक रहेका छन् । खनाल नभए पनि मौद्रिक नीति बोर्डबाट पारित गराउन गभर्नर नेपाललाई गाह्रो छैन ।

‘कहिले आउने ठेगान छैन’

२७ गते मौद्रिक नीति ल्याउने तयारीअनुसार राष्ट्र बैंकको अनुसन्धान विभागले पनि कामलाई तीव्रता दिएको थियो । तर, अब कहिले आउँछ भन्ने अनिश्चित बनेको छ ।

प्रवक्ता लक्ष्मी प्रपन्न निरौला केही दिनभित्रै मौद्रिक नीति आउने बताउँछन् । सार्वजनिक हुने ठ्याक्कै मिति भने भन्न नसकिने उनको भनाइ छ ।

यो पनि पढ्नुहोस् : 

१. बैंकको संख्या आधा घटाउन सकिन्छ

२. बिग मर्जरबारे विज्ञ- बिना अध्ययन हल्ला पिटियो

३. बैंकर्स संघको निर्णय : मर्ज हुन्छौं, तर सहुलियत चाहियो

४. बिग मर्जरको चहलपहल : बैंकहरु आन्तरिक र बाह्य छलफलमा

६. कार्यवाहक गभर्नर भन्छन् : मर्जरका लागि ‘फोर्स’ होइनन, प्रोत्साहन गर्छाैं

७. ‘फोर्स मर्जर’ले २ बैंकलाई नछुने, ६ बैंकको विषयमा अन्योल

८. मर्जरको निर्णय लिन बैंकलाई १५ दिनको अल्टिमेटम !

९. ‘विदेशबाट पैसा ल्याउन हेजिङ सुविधा चाहियो’

१०. मौद्रिक नीतिले गराउला ठूला बैंकहरुको ‘विहे’ ?

११. मौद्रिक नीतिको प्राथमिकतामा ‘बिग मर्जर’

१२. अनुसन्धान विभागलाई बाइपास गर्दै राष्ट्र बैंकले राख्यो मौद्रिक नीतिको छलफल

१३. मर्जरको प्रतिवद्धता पेश गर्न गभर्नरको निर्देशन

१४. शुरु भयो बिग मर्जर : ग्लोबल आइएमई र जनता बैंकबीच सहमति

१५. मर्जरका लागि असीमित समय दिन सकिदैन : गभर्नर नेपाल

१६. मौद्रिक नीति छलफल : उद्योगी-व्यवसायीको चासो ब्याजदरमा, बैंकरले के भने ?

१७. बिग मर्जर : यस्ता छन् ५ अवसर र चुनौती

१८. मर्जरमा जाँदा साना संस्थालाई पर्याप्त सम्मान दिनुपर्छ

१९. मर्जरका लागि राष्ट्र बैंकसामु १४ बैंकको कागजी प्रतिवद्धता

२०. बिग मर्जरले सेयर बजारलाई देला त ‘बिग बुस्ट’ ?

२१. बिग मर्जरलाई पूर्व गभर्नरहरुको समर्थन !

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment