+
+
Shares

बैंकर्स संघको निर्णय : मर्ज हुन्छौं, तर सहुलियत चाहियो

'मौद्रिक नीति अघि केही प्रगति हुन्छ, मर्जर हुँदैन'

रोयल आचार्य रोयल आचार्य
२०७६ असार १७ गते १२:५१

१७ असार, काठमाडौं । वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ)हरुको संस्था नेपाल बैंकर एशोसिएसनले मर्जरका लागि नेपाल राष्ट्र बैंकले सहुलियत दिनुपर्ने निष्कर्ष निकालेको छ ।

मंगलबार बसेको एशोसिएसनको पूर्ण बैठकले मर्जरका लागि आवश्यक सहुलियत राष्ट्र बैंकसँग माग्ने निर्णय गरेको हो ।

राष्ट्र बैंकको मर्जर नीतिलाई सबैले सहयोग गर्ने निर्णयसमेत बैठकले गरेको छ । बैंकको संख्या घटाउने गरी राष्ट्र बैंकले लिएको नीति राम्रो नभए पनि सहयोग गर्ने निर्णय गरिएको बैठकमा सहभागी एक बैंकरले अनलाइनखबरलाई बताए ।

‘वास्तवमा बैंकको संख्या बढी भएकै हो, यसलाई कसैले नकार्न सक्दैन,’ उनले भने, ‘तर मर्जर गर्छु भनेर जबर्जस्ती गर्न पाइँदैन । राष्ट्र बैंकले हामीलाई केही सहुलियत देओस्, हामी मर्जरमा जान तयार छौं ।’

त्यस्तो सहुलियत आगामी मौद्रिक नीतिले दिनुपर्ने सीईओहरुको धारणा छ । उनीहरुले मौद्रिक नीति अगाडि मर्जरको सम्भावना नकारेका छन् ।

मर्जरका विषयमा आफूहरुले छलफल शुरु गरिसकेको भएपनि २७ गतेअघि मर्जको सम्भावना नभएको उनले बताए । एक बैंकरले भने, ‘छलफल त शुरु भइसक्यो, तर मर्जर भनेको आजको भोलि हुने होइन, मौद्रिक नीति अगाडि सम्भावना छैन ।’

आफूहरुले गरेको छलफलबारे राष्ट्र बैंकलाई २६ गतेभित्र जानकारी भने गराइने सीईओहरुले बताएका छन् । ‘हामी यो-यो बैंक आपसमा मर्जरमा जानसक्ने सम्भावना छ भनेर जानकारी गराउँछौं, तर त्यो अन्तिम निर्णय भने हुन सक्दैन,’ उनले भनेका छन् ।

राष्ट्र बैंकका गभर्नर डा. चिरञ्जीवि नेपालले गत बिहीबार बैंकका अध्यक्ष र सीईओहरुलाई बोलाएर मौद्रिक नीति अगावै मर्जरमा जान साथी खोज्न आग्रह गरेका थिए । असार २७ गते मौद्रिक नीति आउने भन्दै उनले त्योभन्दा आगवै मर्जरको प्रतिवद्धता पेश गर्न गभर्नरले निर्देशन दिएका थिए ।

यो पनि पढ्नुहोस् :

‘फोर्स मर्जर’ले २ बैंकलाई नछुने, ६ बैंकको विषयमा अन्योल

कार्यवाहक गभर्नर भन्छन् : मर्जरका लागि ‘फोर्स’ होइनन, प्रोत्साहन गर्छाैं

मर्जरको निर्णय लिन बैंकलाई १५ दिनको अल्टिमेटम !

‘विदेशबाट पैसा ल्याउन हेजिङ सुविधा चाहियो’

मौद्रिक नीतिले गराउला ठूला बैंकहरुको ‘विहे’ ?

मौद्रिक नीतिको प्राथमिकतामा ‘बिग मर्जर’

अनुसन्धान विभागलाई बाइपास गर्दै राष्ट्र बैंकले राख्यो मौद्रिक नीतिको छलफल

१५ दिनभित्र मर्जरको प्रतिवद्धता पेश गर्न गभर्नरको निर्देशन

लेखक
रोयल आचार्य

आर्थिक पत्रकारितामा सक्रिय आचार्य मुलतः बैंक तथा वित्तीय संस्था, सेयर बजार र निजी क्षेत्रका विषयमा कलम चलाउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?