+
+
Shares

१५ दिनभित्र मर्जरको प्रतिवद्धता पेश गर्न गभर्नरको निर्देशन

अनलाइनखबर अनलाइनखबर
२०७६ असार १२ गते १५:०३

१२ असार, काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर डा. चिरञ्जीवि नेपालले मर्जर गर्ने प्रतिवद्धता पेश गर्न बैंकका अध्यक्ष र प्रमुख कार्यकारी अधिकृतहरुलाई निर्देशन दिएका छन् ।

बिहीबार छलफलका लागि उपस्थित भएका बैंकका अध्यक्ष र सीईओहरुलाई गभर्नर नेपालले १५ दिनभित्रै मर्जरको प्रतिवद्धता गर्न निर्देशन दिएका हुन् ।

राष्ट्र बैंकले आगामी आर्थिक वर्षको मौद्रिक नीतिको विषयमा छलफल गर्न भन्दै २८ वटै वाणिज्य बैंकका अध्यक्ष र सीईओहरुलाई बोलाएको थियो । छलफलमा बोल्दै गभर्नर नेपालले आगामी २७ गते मौद्रिक नीति आउने समेत जानकारी दिए ।

उनले २७ गते मौद्रिक नीति आउने भन्दै त्यो भन्दा अघि नै मर्जरका लागि प्रतिवद्धता पेश गर्न भनेका छन् ।

‘तपाईहरुलाई मैले विगतमा पनि भन्दै आएको छु’ मर्जरका लागि तयार हुनुहोस्’ गभर्नर नेपालको भनाईलाई उदृत गर्दै एक बैंकका अध्यक्षले भने, ‘अब मौद्रिक नीति आउन १५ दिन बाँकी छ, १५ दिनभित्र को–को कुन–कुनमा मर्ज हुने हो विचार गरिहाल्नुस् ।’

#ResultWithOK View All Results
पार्टीहरू
अग्रता
जित
कुल सिट
Change
समानुपातिक मत
Loading election results...

प्रत्यक्ष सिट — प्रतिनिधि सभा

कुल सिट: १६५
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?