१९ कात्तिक, काठमाडौं । कांग्रेस सहमहामन्त्री अजयबाबु शिवाकोटीलाई प्रहरीको साइबर ब्युरोले उपस्थित हुन निर्देशन दिएको छ । शिवाकोटीले साथी मार्फत् आफूलाई प्रहरीले सन्देश पठाएको जानकारी दिए । उनले सामाजिक सञ्जालमा लेखेको विषयलाई लिएर बोलाइएको हो ।
‘म केही दिन धार्मिक यात्रामा भातरतर्फ गएको थिएँ । अहिले इलाम आइपुगेको छु । मेरो फोन नलगेका कारण निकट साथीलाई म्यासेज पठाएर मलाई उपस्थित गराइदिनु भनेको रहेछ‘ सहमहामन्त्री शिवाकोटीले अनलाइनखबरसँग भने,’तर्साउन खोजेको होला । सत्तासँग डराइन्न ।’ उनले पत्रकार रोशन खड्काले उजुरी दिएको भन्ने सूचना आफूलाई आएको जानकारी दिए ।
उनले काठमाडौं आएपछि यो विषय कसरी अघि बढ्छ त्यसको आधारमा अघि बढ्ने बताए । आजै सभापति गगनकुमार थापाले पार्टी पदाधिकारीहरूको बैठक बोलाएका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4