+
+
Shares

तिहारमा मौसम घमाइलो हुने

घमाइलो मौसमसँगै वायु प्रदूषण बढ्ने जोखिमतर्फ पनि मौसमविद्‍ले ध्यानाकर्षण गराएका छन् ।

अनलाइनखबर अनलाइनखबर
२०८३ कात्तिक १९ गते १०:२८

१९ कात्तिक, काठमाडौं । नजिकिँदै गरेको तिहारका बेला नेपालमा अधिकांश समय मौसम घमाइलो रहने पूर्वानुमान गरिएको छ ।

मौसमविदहरुका अनुसार आगामी एक सातासम्म देशका अधिकांश स्थानमा वर्षाको सम्भावना छैन । एक–दुई स्थानमा हल्का वर्षा हुन सक्ने भए पनि जनजीवन प्रभावित नहुने पूर्वानुमान छ ।

यस वर्ष यमपञ्चकको पहिलो दिन अर्थात् काग तिहार यही कात्तिक २२ गते परेको छ भने भाइटीका २५ गते छ ।

मौसम विज्ञान विभागले आज कात्तिक १९ गतेदेखि २३ गते गाईपूजाको दिनसम्मको मौसम पूर्वानुमान सार्वजनिक गर्दै मौसममा उल्लेख्य फेरबदल नहुने जानकारी दिएको छ । मौसम बुलेटिनमा एक–दुई ठाउँमा मात्र हल्का पानी पर्ने र तराई मधेश तथा उपत्यका अनि खोँचहरुमा बिहानपख हल्का हुस्सुकुहिरो मात्र लाग्ने उल्लेख छ ।

त्रिभुवन विश्वविद्यालयको जल तथा मौसम विज्ञान केन्द्रीय विभागका सहप्राध्यापक डा. विनोद पोखरेलले पनि आगामी एक साताको मौसमबारे जानकारी दिँदै तिहार अवधिभर व्यापक वा लगातार वर्षाको सम्भावना नरहेको बताएका छन् ।

मौसम अनुकूल रहने देखिएकाले तिहार धुमधामसँग मनाउने र धान काट्ने तयारीमा रहेका किसानका लागि आगामी दिन सहज हुने डा. पोखरेलको भनाइ छ ।

घमाइलो मौसमसँगै वायु प्रदूषण बढ्ने जोखिमतर्फ पनि उनले ध्यानाकर्षण गराएका छन् ।

जाडोयाममा कम पानी पर्ने, बेस्सरी हावा नचल्ने तथा उद्योग कलकारखाना, सवारी साधन, कृषि कर्म र पूर्वाधार निर्माणको गतिविधिले वायु प्रदूषण बढाउने गर्दछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?