Comments Add Comment

मर्जरका लागि राष्ट्र बैंकसामु १४ बैंकको कागजी प्रतिवद्धता

२४ असार, काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर डा. चिरञ्जीवी नेपालले दिएको निर्देशनबमोजिम अहिलेसम्म १४ वटा बैंकहरुले मर्जरका लागि लिखित प्रतिवद्धता जनाएका छन् । गभर्नर नेपालले १२ असारमा बैंकका अध्यक्ष र सीईओहरुलाई बोलाएर आगामी असार २७ गते मौद्रिक नीति आउनुभन्दा अगाडि नै मर्जरको प्रतिवद्धता पेश गर्न निर्देशन दिएका थिए ।

गभर्नर नेपालको यो निर्देशनपश्चात गत साता दुई वाणिज्य बैंकहरुले मर्जरको लागि लिखित सहमति नै गरे । ग्लोबल आइएमई बैंक र जनता बैंक नेपालले मर्जरमा जाने सैद्धान्तिक सहमति गरेका हुन् ।

यीसमेत गरेर सोमबारसम्म १६ बैंकले मर्जरको प्रतिवद्धता पेश गरेका छन् । दुई वटाले सम्झौता नै गरिसकेका कारण ढुक्क हुन सकिने भए पनि बाँकी १४ वटाको कागजी प्रतिवद्दता मात्र हो । उनीहरुले मर्जरका लागि पार्टनर खोज्न सकेका छैनन ।

राष्ट्र बैंकका प्रवक्ता लक्ष्मी प्रपन्न निरौलाले सबै बैंकहरु मर्जरमा जान प्रतिबद्ध रहेको बताए । उनले भने, ‘१६ बैंकको प्रतिवद्धता आएको छ, तर कुनसँग मर्जरमा जाने भन्ने खुलाइएको छैन ।’

राष्ट्र बैंकको निर्देशन पालना गर्न कै लागि कागजी प्रतिवद्धता गरिएको एक बैंकरले बताए ।

‘मर्जर भनेजस्तो सहज छैन, हामीसँग अहिले प्रतिवद्धता मागिएकाले दियौं,’ आफ्नो नाम उल्लेख नगर्ने शर्तमा ती बैंकरले भने, ‘अहिले प्रतिवद्धता भएन भने मौद्रिक नीतिमा कडा व्यवस्था पनि हुनसक्ने थियो । राष्ट्र बैंकलाई खुसी बनाउनका लागि पनि हामीले कागजमा लेखेर बुझाएका हौं ।’

पूर्व बैंकर अनलराज भट्टराई मौद्रिक नीति अगाडि नै मर्जरमा ठोस प्रगति हुने सम्भावना नरहेको बताउँछन् । दुई बैंकले सहमति नै गरिसके पनि अन्यको हकमा त्यति सहज नभएको उनको आँकलन छ ।

‘राष्ट्र बैंकले पनि अहिलेको अहिल्यै मर्जरमा जाऔं भनेको हो जस्तो मलाई लाग्दैन’ उनले भने, ‘मर्जर त्यति चाडो र छिटो हुने विषय पनि होइन । साथी खोज्न समय लाग्छ । अहिले जान्छौं भनेर राष्ट्र बैंकको नीतिलाई सहयोग गर्न खोजिएको विषयलाई सकरात्मकरुपमा लिनुपर्छ ।’

क–कसले बुझाए प्रतिवद्धता ?

१. सिभिल बैंक

२. मेगा बैंक

३. सिटिजन्स बैंक

४. सेञ्चुरी बैंक

४. कुमारी बैंक

५. एनएमबि बैंक

६. सनराइज बैंक

७. लक्ष्मी बैंक

८. एनआइसी एशिया बैंक

९. माछापुच्छ्रे बैंक

१०. एनसीसी बैंक

११. नेपाल एसबिआइ बैंक

१२. हिमालयन बैंक

१३. नेपाल इन्भेष्टमेन्ट बैंक

१४. सानिमा बैंक

यो पनि पढ्नुहोस् : 

१. बैंकको संख्या आधा घटाउन सकिन्छ

२. बिग मर्जरबारे विज्ञ- बिना अध्ययन हल्ला पिटियो

३. बैंकर्स संघको निर्णय : मर्ज हुन्छौं, तर सहुलियत चाहियो

४. बिग मर्जरको चहलपहल : बैंकहरु आन्तरिक र बाह्य छलफलमा

६. कार्यवाहक गभर्नर भन्छन् : मर्जरका लागि ‘फोर्स’ होइनन, प्रोत्साहन गर्छाैं

७. ‘फोर्स मर्जर’ले २ बैंकलाई नछुने, ६ बैंकको विषयमा अन्योल

८. मर्जरको निर्णय लिन बैंकलाई १५ दिनको अल्टिमेटम !

९. ‘विदेशबाट पैसा ल्याउन हेजिङ सुविधा चाहियो’

१०. मौद्रिक नीतिले गराउला ठूला बैंकहरुको ‘विहे’ ?

११. मौद्रिक नीतिको प्राथमिकतामा ‘बिग मर्जर’

१२. अनुसन्धान विभागलाई बाइपास गर्दै राष्ट्र बैंकले राख्यो मौद्रिक नीतिको छलफल

१३. मर्जरको प्रतिवद्धता पेश गर्न गभर्नरको निर्देशन

१४. शुरु भयो बिग मर्जर : ग्लोबल आइएमई र जनता बैंकबीच सहमति

१५. मर्जरका लागि असीमित समय दिन सकिदैन : गभर्नर नेपाल

१६. मौद्रिक नीति छलफल : उद्योगी-व्यवसायीको चासो ब्याजदरमा, बैंकरले के भने ?

१७. बिग मर्जर : यस्ता छन् ५ अवसर र चुनौती

१८. मर्जरमा जाँदा साना संस्थालाई पर्याप्त सम्मान दिनुपर्छ

१९. मर्जरका लागि राष्ट्र बैंकसामु १४ बैंकको कागजी प्रतिवद्धता

२०. बिग मर्जरले सेयर बजारलाई देला त ‘बिग बुस्ट’ ?

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment