Comments Add Comment

मर्जरका लागि असीमित समय दिन सकिदैन : गभर्नर नेपाल

२३ असार, काठमाडौं । गभर्नर डा. चिरञ्जीवि नेपालले मर्जरका लागि बैंकहरुलाई धेरै समय दिन नसकिने बताएका छन् ।

सोमबार राष्ट्र बैंकले मौद्रिक नीतिका लागि सुझाव लिन सरोकारवालासँगको छलफलमा गभर्नर नेपालले पुँजी वृद्धिका लागि असिमित समय दिन नसकिने बताएका हुन् ।

यसअघि वाणिज्य बैंकहरुले २ अर्ब रुपैयाँ चुक्ता पुँजी पु¥याउनका लागि पनि १० वर्ष समय लगाएको भन्दै उनले अब यस्तो खुला छाड्न नसकिने बताएका हुन् । ।

‘यसअघि २ अर्ब पुँजी पुर्‍याउन धेरै समय लगाउनुभयो, त्यो पनि हकप्रद सेयर बाँड्दै विस्तारै आरामका साथमा’ बैंकरतर्फ लक्षित गर्दै गभर्नर नेपालले भने, ‘त्यत्रो १० वर्ष पनि कसैले समय दिन सक्छ ? त्यो असम्भव कुरा हो ।’

उनले अनावश्यक कुरा गर्दै मर्जरको विरोध नगर्नसमेत बैंकहरुलाई आग्रह गरेका छन् । अमेरिका जस्तो मुलुकमा समेत बैंकहरु मर्जरमा गइरहेको भन्दै उनले नेपालमा बैंकको संख्या घटाउनु आवश्यक नै रहेको जिकिर गरे ।

बैंक मर्जर भए सबैलाई राम्रो हुने भन्दै उनले राष्ट्र बैंकको योजनामा सहयोग गर्न बैंकलाई आग्रहसमेत गरे ।

यो पनि पढ्नुहोस् : 

१. बैंकको संख्या आधा घटाउन सकिन्छ

२. बिग मर्जरबारे विज्ञ- बिना अध्ययन हल्ला पिटियो

३. बैंकर्स संघको निर्णय : मर्ज हुन्छौं, तर सहुलियत चाहियो

४. बिग मर्जरको चहलपहल : बैंकहरु आन्तरिक र बाह्य छलफलमा

६. कार्यवाहक गभर्नर भन्छन् : मर्जरका लागि ‘फोर्स’ होइनन, प्रोत्साहन गर्छाैं

७. ‘फोर्स मर्जर’ले २ बैंकलाई नछुने, ६ बैंकको विषयमा अन्योल

८. मर्जरको निर्णय लिन बैंकलाई १५ दिनको अल्टिमेटम !

९. ‘विदेशबाट पैसा ल्याउन हेजिङ सुविधा चाहियो’

१०. मौद्रिक नीतिले गराउला ठूला बैंकहरुको ‘विहे’ ?

११. मौद्रिक नीतिको प्राथमिकतामा ‘बिग मर्जर’

१२. अनुसन्धान विभागलाई बाइपास गर्दै राष्ट्र बैंकले राख्यो मौद्रिक नीतिको छलफल

१३. मर्जरको प्रतिवद्धता पेश गर्न गभर्नरको निर्देशन

१४. शुरु भयो बिग मर्जर : ग्लोबल आइएमई र जनता बैंकबीच सहमति

१५. मर्जरका लागि असीमित समय दिन सकिदैन : गभर्नर नेपाल

१६. मौद्रिक नीति छलफल : उद्योगी-व्यवसायीको चासो ब्याजदरमा, बैंकरले के भने ?

१७. बिग मर्जर : यस्ता छन् ५ अवसर र चुनौती

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment