Comments Add Comment

बिग मर्जरलाई पूर्व गभर्नरहरुको समर्थन !

२६ असार, काठमाडौं । नेपाल राष्ट्र बैंकलाई पूर्व गभर्नरहरुले व्यापारघाटा घटाउने नीति लिन सुझाव दिएका छन् । बिहीबार नेपाल राष्ट्र बैंकका अधिकारीहरुसँगको छलफलमा उनीहरुले यस्तो सुझाव दिएका हुन् ।

राष्ट्र बैंकले आगामी आर्थिक बर्ष २०७६÷७७ को मौद्रिक नीतिका विषयमा छलफल गर्न बिहीबार छलफल राखेको थियो । छलफलमा नेपालका प्रथम गभर्नर हिमालयशम्शेर जवरासहित पूर्वगभर्नरहरु भेषबहादुर थापा, गणेशबहादुर थापा, तिलक रावल, दीपेन्द्रपुरुष ढकाल र विजयनाथ भट्टराईको उपस्थिति रहेको थियो ।

छलफलमा सबैले व्यापार घाटा उच्च हुँदै गएको भन्दै नियन्त्रणमा राख्न पहल गर्नुपर्ने पूर्व गभर्नरहरुले धारणा राखेको राष्ट्र बैंकका प्रवक्ता लक्ष्मी प्रपन्न निरौलाले जानकारी दिए ।

स्रोतका अनुसार उनीहरुले मर्जरको समर्थन गरेका छन् । वित्तीय क्षेत्रको संघटन गर्ने सिलसिलामा मर्जरलाई प्रभावकारी बनाउनुपर्ने उनीहरुको आशय थियो । नेपालको बैकिङ्गहरुलाई विश्वव्यापी बजारमा उपस्थित हुन सक्ने बनाउनका लागि बिग मर्जर सहयोगी हुने पूर्व गभर्नरहरुको साझा धारणा थियो ।

अन्तर्राष्ट्रिय आर्थिक स्थिति तथा विकास क्रमलाई ध्यानमा राखी केन्द्रीय बैंकले मौद्रिक नीति तर्जुमा गर्नुपर्ने वैठकमा निस्कर्ष निस्केको छ । यस्तै, वित्तीय सेवाको लागत घटाउन, वित्तीय सेवा प्रवाहमा गुणस्तर वृद्धि गर्न, वित्तीय उपभोक्ताहरुको हित संरक्षण गर्न आवश्यक नीतिगत तथा कानूनी व्यवस्था गर्नुपर्ने कुरा पूर्व गभर्नरहरुबाट उठेको थियो ।

यो पनि पढ्नुहोस् : 

१. बैंकको संख्या आधा घटाउन सकिन्छ

२. बिग मर्जरबारे विज्ञ- बिना अध्ययन हल्ला पिटियो

३. बैंकर्स संघको निर्णय : मर्ज हुन्छौं, तर सहुलियत चाहियो

४. बिग मर्जरको चहलपहल : बैंकहरु आन्तरिक र बाह्य छलफलमा

६. कार्यवाहक गभर्नर भन्छन् : मर्जरका लागि ‘फोर्स’ होइनन, प्रोत्साहन गर्छाैं

७. ‘फोर्स मर्जर’ले २ बैंकलाई नछुने, ६ बैंकको विषयमा अन्योल

८. मर्जरको निर्णय लिन बैंकलाई १५ दिनको अल्टिमेटम !

९. ‘विदेशबाट पैसा ल्याउन हेजिङ सुविधा चाहियो’

१०. मौद्रिक नीतिले गराउला ठूला बैंकहरुको ‘विहे’ ?

११. मौद्रिक नीतिको प्राथमिकतामा ‘बिग मर्जर’

१२. अनुसन्धान विभागलाई बाइपास गर्दै राष्ट्र बैंकले राख्यो मौद्रिक नीतिको छलफल

१३. मर्जरको प्रतिवद्धता पेश गर्न गभर्नरको निर्देशन

१४. शुरु भयो बिग मर्जर : ग्लोबल आइएमई र जनता बैंकबीच सहमति

१५. मर्जरका लागि असीमित समय दिन सकिदैन : गभर्नर नेपाल

१६. मौद्रिक नीति छलफल : उद्योगी-व्यवसायीको चासो ब्याजदरमा, बैंकरले के भने ?

१७. बिग मर्जर : यस्ता छन् ५ अवसर र चुनौती

१८. मर्जरमा जाँदा साना संस्थालाई पर्याप्त सम्मान दिनुपर्छ

१९. मर्जरका लागि राष्ट्र बैंकसामु १४ बैंकको कागजी प्रतिवद्धता

२०. बिग मर्जरले सेयर बजारलाई देला त ‘बिग बुस्ट’ ?

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment