+
+
WC Series
पोखरा एभेन्जर्स 2025
67/4 (9.6)
VS
६० बलमा ९९ रन आवश्यक
काठमान्डु गोर्खाज 2025
165/8 (20)
Shares

तनहुँको बन्दीपुरमा बस दुर्घटना, १९ यात्रु घाइते ।

अनलाइनखबर अनलाइनखबर
२०७६ साउन १९ गते ११:२९
Photo Credit : दुर्घटनामा परी घाइते भएकाको उपचार गर्दै चिकित्सक ।

१९ साउन, चितवन । तनहुँको बन्दीपुर गाउँपालिका–५, ढाँपमा आइतबार बिहान बस दुर्घटना हुँदा १९ जना यात्रु घाइते भएका छन् ।

चितवनको नारायणगढबाट बागलुङ जाँदै गरेको बा ४ ख ५९८८ नम्बरको बस अनियन्त्रित भएर दुर्घटना हुँदा बसमा सवार १९ यात्रु घाइते भएको इलाका प्रहरी कार्यालय, डुम्रेले जानकारी दिएको छ ।

घाइतेमध्ये २ जनाको अवस्था गम्भीर छ । १ जनालाई थप उपचारका लागि पोखरा पठाइएको कार्यालयका प्रहरी सहायक निरीक्षक दिनेश पौडेलले जानकारी दिए । अन्य १८ जना घाइतेको लक्ष्मी अस्पताल डुम्रेमा नै उपचार भइरहेको छ ।

बसमा ३३ जना यात्रु सवार थिए । प्रहरीले बसका चालकलाई नियन्त्रणमा लिएर अनुसन्धान थालेको जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?