+
+
Shares

पत्रकारले सामाजिक कुरीतिविरुद्ध कलम चलाउनुपर्छ : नगरप्रमुख सरावगी

अनलाइनखबर अनलाइनखबर
२०७६ भदौ ८ गते १४:१२

८ भदौ, वीरगञ्ज । वीरगञ्ज महानगरपालिकाका नगर प्रमुख विजयकुमार सरावगीले सञ्चार जगतले समाजिक सुधारका लागि कलम चलाउनुपर्ने बताएका छन् । स्वास्थ्य, शिक्षाको सुधार तथा दाइजो प्रथा र बालविवाहजस्ता सामाजिक कुरीतिविरुद्ध सञ्चार जगतले आवाज उठाउनुपर्ने उनको भनाइ छ ।

महिलाहरुले सञ्चालन गर्र्दै आएको मध्य नेपाल सन्देश साप्ताहिकको तेस्रो बार्षिकोत्सव समारोहमा बोल्दै उनले छोरीको शिक्षाका लागि प्रोत्साहन गर्न पनि आग्रह गरे । स्वस्थ बच्चा जन्माउनका लागि सञ्चारमाध्यमले सहयोग गर्न सक्ने उनको भनाई थियो ।

‘अझै पनि घरमा सुत्केरी गराइरहेका छन्, सुनौलो हजार, खोपजस्ता मातृशिशु स्वास्थ्यमा ध्यान पुग्न सकको छैन । चार पटक स्वास्थ्य संस्थामा गर्भ जाँच नगराउँदा अपांगता भएका बच्चा जन्मिएका छन्’ उनले भने ‘स्वस्थ बच्चा जन्माउन मिडियाले सहयोग गर्नुपर्छ ।’

उनले वीरगञ्ज महानगरपालिकाले पत्रकारिता पढ्न चाहानेहरुका लागि फेलोसिप आह्वान गरेको भए पनि कसैले आवेदन नदिएको गुनासो गरे । ‘पत्रकारिता पढ्न चाहाने महिलालाई त्यसमा प्राथमिकता दिन्छौं, मेयर कल्याणकारी कोषबाट पनि सहयोग गर्न म तयार छु ।’

नगरप्रमुख सरावगीले आफ्ना प्रतिनिधिहरुको गतिवधि नियाल्न पनि आग्रह चेतनावी दिए । ‘म मात्रै होइन महानगरपालिकामा १ सय ६२ जना प्रतिनिधि उनीहरु के गरिरहेका छन त ?’ नगर प्रमुख सरावगीले भने ‘आवश्यक साथ सहयोग नपाएकोले सोचे अनुसार काम गर्न सकेको छैन ।’

तेस्रो बार्षिकोत्सवको अवसर पारेर मध्य नेपाल सन्देश साप्ताहिक पत्रिकालाई रंगीनमा निकाल्न थालिएको सम्पादक कविता खड्काले बताइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?