
९ भदौ, काठमाडौं । नेपाल इन्भेष्टमेन्ट बैंक लिमिटेडले ८२ औं शाखा काठमाडौं-४, बालुवाटारमा विस्तार गरेको छ । उपत्यकाका मुटु वरपर रहेर स्थापना गरिएको नयाँ शाखा स्थानीय माग पूरा गर्ने गरि लकर सुविधासहितका पूर्ण शाखाका रूपमा सञ्चालित हुनेछ ।
बैंकका अध्यक्ष पृथ्वीबहादुर पाँडेले बैंक सञ्चालक समितिका सदस्यहरूका साथै बैंकका वरिष्ठ अधिकारीहरू र स्थानीय सहयोगीहरूका बीचमा शाखाको उद्घाटन गरे ।
काठमाडौं उपत्यकाभित्र २५ औं शाखाका रूपमा रहेको यो शाखा प्रधानमन्त्रीको औपचारिक निवास, नेपाल राष्ट्र बैंक र अन्य संस्थागत भवनहरू भएको स्थानमा अवस्थित छ ।
बैंकले यो विस्तारभन्दा अघि हालैमात्र जेबिल्स फाइनान्स लिमिटेडलाई प्राप्ति गरेको थियो र बैंकले यसअघिका ग्रामीण विस्तारहरूसँगै यो शाखा थप भएपछि यसको कुशलतामा आधारित सञ्चालन अझ प्रभावकारी हुने दाबी गरेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4