+
+
Shares

राजीनामा माग्ने नेताहरूलाई ओलीको जवाफ– सम्झाउन नखोज्नुस्, छोड्दिनँ

शनिबार बैठकमा ओलीले भनेको भनाइ उद्धृत गर्दै एक नेताले भने, ‘मलाई यसरी सम्झाएर सक्नुहुन्न । म सम्झिन्नँ । म यसरी छाड्दिनँ ।’

अनलाइनखबर अनलाइनखबर
२०८३ जेठ ९ गते १९:०३

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सचिवालय बैठकमा आफू पछि नहट्ने स्पष्ट पारेका छन्।
  • उपमहासचिव योगेश भट्टराईले ओलीलाई मार्गप्रशस्त गर्न खुलेर आग्रह गरेका थिए।
  • ओलीले केन्द्रीय कमिटी बैठकसम्म मुद्दा लैजाने र निर्णय गर्ने बताएका छन्।

९ जेठ, काठमाडौं । सचिवालय बैठकमा अधिकांश नेताहरूबाट मार्गप्रशस्त गर्न माग भएपछि नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफू यसरी पछि नहट्ने बताएका छन् ।

शुक्रबारबाट जारी एमाले केन्द्रीय सचिवालय बैठकमा नेताहरूले निरन्तर आ–आफ्ना धारणा राखिरहेका छन् ।

शुक्रबार पाँच जना उपाध्यक्षले धारणा राखेका थिए । त्यस्तै, शनिबार महासचिव शंकर पोखरेलसहित तीन उपमहासचिव र ५ जना सचिवले धारणा राखेका छन् ।

शनिबार धारणा राख्नेमध्ये उपमहासचिव योगेश भट्टराईले खुलेरै ओलीलाई मार्गप्रशस्त गर्न आग्रह गरे ।

महासचिव पोखरेलले भने घुमाउरो शैली प्रयोग गर्दै अहिलेकै अवस्थामा पार्टी अघि बढ्न नसक्ने बताएका थिए ।

उपमहासचिव भट्टका अनुसार, बैठकका बीच बीचमा ओलीले नेताहरूलाई रोकेर आफ्ना कुरा भन्ने गरेका थिए । ओलीले बैठकमा ‘दिशानिर्देश’ गर्ने काम गरेका भट्ट बताउँछन् ।

यसैबीच नेताहरूबाट निरन्तर पार्टी रूपान्तरण र राजीनामाको दबाब बढेपछि ओलीले आफू त्यस्तो मनस्थितिमा नरहेको जानकारी गराएका छन् ।

शनिबार बैठकमा ओलीले भनेको भनाइ उद्धृत गर्दै एक नेताले भने, ‘मलाई यसरी सम्झाएर सक्नुहुन्न । म सम्झिन्नँ । म यसरी छाड्दिनँ ।’

सचिवालय बैठकमा नेताहरूले मार्गप्रशस्त गर्न आग्रह गरिरहँदा ओली भने केन्द्रीय कमिटीमा आफू बलियो भएको तर्क गर्न थालेका छन् ।

उनले यो विषयलाई केन्द्रीय कमिटी बैठकसम्म लगेर बाँकी निर्णय हुने बताएका छन् ।

अब ४ जना सचिवहरूले बैठकमा आफ्नो धारणा राख्न बाँकी छ ।

शनिबार बाँकी ४ जनाले धारणा राखेपछि प्रस्तावित एजेन्डा अघि बढ्ने र आवश्यक निर्णय हुने नेताहरूले बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?