News Summary
Generated by OK AI. Editorially reviewed.- नेकपा एमालेका उपमहासचिव योगेश भट्टराईले शनिबार केन्द्रीय सचिवालय बैठकमा अध्यक्ष केपी शर्मा ओलीको राजीनामा माग गरेका छन्।
- सचिवालय बैठकमा चार उपाध्यक्षले पनि ओलीलाई मार्गप्रशस्त गर्न आग्रह गरेका थिए।
- महासचिव शंकर पोखरेलले पार्टीमा समीक्षा आवश्यक रहेको र अहिलेको परिस्थितिमा अघि बढ्न नसकिने बताए।
९ जेठ, काठमाडौं । नेकपा एमालेका उपमहासचिव योगेश भट्टराईले अध्यक्ष केपी शर्मा ओलीको राजीनामा माग गरेका छन् ।
शनिबार बसेको केन्द्रीय सचिवालय बैठकमा उनले ओलीसमक्ष राजीनामा माग गरेका हुन् ।
‘अब तपाईंबाट पार्टी चल्दैन । राजीनामा दिनुस्,’ भट्टराईले बैठकमा राखेको भनाइ उद्धृत गर्दै एक पदाधिकारीले भने ।
यसअघि हिजो बसेको सचिवालय बैठकमा ४ जना उपाध्यक्षले पनि ओलीलाई मार्गप्रशस्त गर्न आग्रह गरेका थिए ।
यसैबीच आज महासचिव शंकर पोखरेलले पनि पार्टीमा समीक्षा जरुरी रहेको बताउँदै अहिलेकै परिस्थितिमा अघि बढ्न नसक्ने बताएका थिए ।
उनले भने ‘राजीनामा दिनुस्’ भनेर नभनेपछि घुमाउरो शैलीमा अहिलेको परिस्थितिबाट अघि बढ्न नसकिने बताएका थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4