+
+
Shares

एमाले संसदीय दल नेता चयन प्रक्रियामा योगेश भट्टराईको आपत्ति

अनलाइनखबर अनलाइनखबर
२०८२ चैत १८ गते १८:०७

News Summary

Generated by OK AI. Editorially reviewed.
  • एमाले उपमहासचिव योगेश भट्टराईले संसदीय दलको नेता छान्ने विधिमाथि आपत्ति जनाउँदै पार्टीपंक्तिलाई चिन्तित बनाएको उल्लेख गरे।
  • बुधबार एमाले संसदीय दलको नेतामा उपाध्यक्ष रामबहादुर थापा निर्विरोध चयन भएका थिए भने सांसद सुहाङ नेम्बाङले आकांक्षा राखेका थिए।
  • भट्टराईले संसदीय दलको नेता छान्ने प्रक्रियामा सांसदहरूलाई दबाबमा राखेर गरिएको निर्णय राम्रो नभएको बताए।

१८ चैत, काठमाडौं । एमाले उपमहासचिव योगेश भट्टराईले संसदीय दलको नेता छान्ने विधिमाथि आपत्ति जनाएका छन् । उनले यो शैलीका कारण पार्टीपंक्तिलाई झन् चिन्तित बनाएको उल्लेख गरेका छन् ।

बुधबार एमाले संसदीय दलको नेतामा उपाध्यक्ष रामबहादुर थापा चयन भएका थिए । संसदीय दलको नेतामा निर्वाचित सांसद सुहाङ नेम्बाङले आकांक्षा राखेका थिए । तर उनले प्रस्तावक र समर्थक समेत नपाउने गरी नेताहरूले आन्तरिक चलखेल गरेपछि थापा निर्विरोध भएका थिए ।  त्यही घटनालाई इंगित गर्दै भट्टराईले यो प्रक्रियामा आपत्ति जनाएका हुन् ।

‘निर्वाचनबाट पार्टीलाई गम्भीर धक्का लागेको, पार्टी र नेतृत्वप्रति व्यापक जनगुनासो रहेको, पार्टी अध्यक्ष स्वयं गिरफ्तारीमा पर्नुभएको र समग्रमा हाम्रो आन्दोलनले बहुआयामिक प्रतिकूलताको सामना गरिरहेको वर्तमान अवस्थामा नेकपा एमालेको व्यापक पुनर्गठन मार्फत बलियो एकता बनाउदै जनविश्वास जागृत गर्नुपर्ने बेलामा आज नेकपा एमालेको संसदीय दलको नेता छान्न जुन तरिका र शैली अपनाइयो यसबाट सिंगो पार्टीपंतिलाई थप चिन्तित बनाएको छ’ भट्टराईले भनेका छन्, ’केही दिनको समय लिएर पार्टी नेतृत्व र माननीय सांसदहरू बीचमा छलफलका माध्यमबाट उच्चस्तरको समझदारीमा पुग्नुको सट्टा सांसदहरूलाई दबाबमा राखेर जे गरियो यो राम्रो भएन ।’

१६५
प्रत्यक्ष सिट
पार्टीहरू प्रत्यक्ष सिट
0 Seat
0 Seat
समानुपातिक कुल सिट
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?