+
+
Shares

नेपाली सेना, संवैधानिक अंग र कर्मचारीप्रति एमालेको कुनै वैरभाव छैन : योगेश भट्टराई

अनलाइनखबर अनलाइनखबर
२०८२ चैत १९ गते १८:३०

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेकपा एमालेका उपमहासचिव योगेश भट्टराईले पार्टीको कुनै पनि वैरभाव नभएको र सुरक्षा, संवैधानिक अंग र कर्मचारीतन्त्रप्रति विश्वास रहिरहने बताएका छन्।
  • उनीहरूले नेपाली सेना, न्यायालय र कर्मचारीतन्त्रप्रति सम्मान र विश्वास रहने उल्लेख गर्दै संसद् वा सडक, सत्ता पक्ष वा प्रतिपक्षमा धारणा यथावत रहने बताए।
  • योगेशले जनताको बहुदलीय जनवाद नेकपा एमालेको सिद्धान्त भएको र पराजयको समीक्षा गरी पुनः जनविश्वास आर्जन गर्ने बाटोमा जाने बताए।

१९ चैत, काठमाडौं । नेकपा एमालेका उपमहासचिव योगेश भट्टराईले सुरक्षा, संवैधानिक अंग र कर्मचारीतन्त्रप्रति आफ्नो पार्टीको कुनै पनि वैरभाव नभएको बताएका छन् ।

सामाजिक सञ्जालमार्फत उनले नेपाली सेना लगायतका सुरक्षा, न्यायालय र कर्मचारीतन्त्रप्रति पार्टीको विश्वास रहिरहने उल्लेख गरेका छन् ।

‘नेपाली सेना लगायतका सुरक्षा अंगहरू, न्यायलय लगायतका संवैधानिक अंगहरू र कर्मचारीतन्त्रप्रति हाम्रो पार्टीको कुनै पनि वैरभाव छैन त्यसप्रति हाम्रो पार्टीको सम्मान र बिश्वास रहिरहने छ,’ भट्टराईले भनेका छन्, ‘संसद् वा सड़क, सत्ता पक्ष वा प्रतिपक्ष कुनै पनि भूमिकामा पार्टीको यो धारणा यथावत रहने छ ।’

आजै प्रतिनिधिसभा बैठकमा एमाले संसदीय दलका नेता रामबहादुर थापा बादलले जेनजी आन्दोलनदेखि निर्वाचन परिणामसम्ममा नेपाली सेनालाई जोडेर अभिव्यक्ति दिएका थिए ।

‘जनताको बहुदलीय जनवाद नेकपा एमालेको सिद्धान्त हो । प्रतिस्पर्धाबाट श्रेष्ठता हासिल गर्ने र शान्तिपूर्ण तथा वैधानिक बाटोबाट नेपाली समाजको प्रगतिशील रूपान्तरण गरी समाजवादको आधार तयार गर्ने जबजको मान्यता हो,’ योगेशले भनेका छन् ।

जनताले प्रकट गरेको जनमतलाई सम्मान गर्नु र पराजयको ठोस समीक्षा गरी कमजोरीलाई सच्याएर पुन: जनविश्वास आर्जन गर्ने बाटोमा जानु जबजको मर्म रहेको उनको भनाइ छ ।

‘यो व्यवस्था ल्याउनमा मुख्य भूमिका खेलेको र संविधान निर्माणमा नेतृत्वकर्ता दल नेकपा एमाले आज सरकारको विपक्षी दल हो तर राज्य पक्षीय दल हो,’ योगेशले भनेका छन् ।

१६५
प्रत्यक्ष सिट
पार्टीहरू प्रत्यक्ष सिट
0 Seat
0 Seat
समानुपातिक कुल सिट
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?