+
+
Shares

महोत्तरीमा २०९ जनाले लिए आमाको नामबाट नागरिकता

नेपाली नागरिक आमाबाट नेपालमै जन्मिएका र बाबुको पहिचान हुन नसकेका व्यक्तिहरूले आवश्यक स्वघोषणा र प्रक्रिया पूरा गरेर वंशजका आधारमा नागरिकता प्राप्त गरेको उनले जानकारी दिए ।

अनलाइनखबर अनलाइनखबर
२०८३ जेठ ९ गते १८:२०

९ जेठ, जलेश्वर (महोत्तरी) । पछिल्ला चार महिनामा महोत्तरीमा २०९ जनाले आमाको नामबाट नागरिकता प्राप्त गरेका छन् । माघ महिनायताका चार महिनामा आमाको नामबाट नागरिकता लिनेको संख्या २०९ पुगेको प्रमुख जिल्ला अधिकारी ईन्द्रदेव यादवले जानकारी दिए ।

गत पुस ११ गतेको मन्त्रिपरिषद्को बैठकले निर्णय गर्दै बाबुको पहिचान नखुलेका सन्तानलाई आमाको नामबाट नागरिकता दिने व्यवस्था गरेको थियो । त्यसपछि पुस २१ मा नेपाल राजपत्रमा सूचना प्रकाशित भएको थियो ।

त्यसलगत्तै गृह मन्त्रालयले सबै जिल्ला प्रशासन कार्यालयमा परिपत्र गरी यो व्यवस्था कार्यान्वयन गर्न भनेको थियो । सोही क्रममा सबै आवश्यक कागजी प्रक्रिया पूरा गरेर माघ ६ गतेदेखि जिल्ला प्रशासन कार्यालयबाट आमाको नामबाट नागरिकता वितरण सुरु गरिएको प्रजिअ यादवले बताए ।

जनअनुसार नेपाली नागरिक आमाबाट नेपालमै जन्मिएका र बाबुको पहिचान हुन नसकेका व्यक्तिहरूले आवश्यक स्वघोषणा र प्रक्रिया पूरा गरेर वंशजका आधारमा नागरिकता प्राप्त गरेको उनले जानकारी दिए । –रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?