+

काभा महिला भलिबल च्याम्पियनसिप : कीर्गिस्तान विरुद्ध नेपाल सोझो सेटमा विजयी

२०८३ जेठ  ९ गते १८:१९ २०८३ जेठ ९ गते १८:१९
काभा महिला भलिबल च्याम्पियनसिप : कीर्गिस्तान विरुद्ध नेपाल सोझो सेटमा विजयी

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपालले काभा महिला भलिबल च्याम्पियनसिपमा कीर्गिस्तानलाई २५-१८, २५-२०, २५-१३ ले पराजित गर्दै पहिलो जित हात पारेको छ।
  • नेपालले २ खेलबाट ४ अंक जोड्दै समूह ए मा दोस्रो स्थानमा उक्लेको छ र सेमिफाइनल सम्भावना बलियो बनाएको छ।
  • नेपालले समूहको अन्तिम खेल आइतबार माल्दिभ्ससँग खेल्नेछ र जितेमा सेमिफाइनल पुग्नेछ।

९ जेठ, काठमाडौं । घरेलु टोली नेपालले काभा महिला भलिबल च्याम्पियनसिपमा पहिलो जित हात पारेको छ ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशाला कभर्डहलमा शनिबार भएको समूह ए को खेलमा नेपालले कीर्गिस्तानलाई सोझो सेटमा हराउँदै सेमिफाइनल सम्भावना कायम राखेको छ ।

नेपालले कीर्गिस्तानलाई २५-१८, २५-२०, २५-१३ ले पराजित गरेको हो । नेपालका लागि मिडल ब्लकर सुमित्रा रेग्मीले सर्वाधिक १९ अंक जोडिन् । उनी प्लेअर अफ दि म्याच घोषित भइन् ।

जितपछि नेपालले २ खेलबाट ४ अंक जोड्दै समूह ए मा दोस्रो स्थानमा उक्लेको छ र सेमिफाइनल सम्भावना बलियो बनाएको छ ।

नेपाल पहिलो खेलमा भारतसँग ३-२ ले पराजित हुँदा १ अंक जोडेको थियो । कीर्गिस्तानको भने यो पहिलो हार हो । कीर्गिस्तानको २ खेलबाट ३ अंक छ ।

अब नेपालले समूहको अन्तिम खेल आइतबार माल्दिभ्ससँग खेल्नेछ । नेपालले माल्दिभ्सलाई पराजित गरेमा सेमिफाइनल पुग्नेछ ।

कीर्गिस्तानले भने सोमबार भारतसँग खेल्नेछ ।

तस्वीरहरू : विकास श्रेष्ठ

काभा महिला भलिबल च्याम्पियनसिप

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय