+
+
WC Series
Won लुम्बिनी लायन्स 2025
136/6 (19.1)
VS
Lumbini Lions won by 4 wickets
जनकपुर बोल्ट्स 2025
132/6 (20)
Shares

कांग्रेस निकट प्राध्यापकद्वारा रजिस्टारमाथि दुर्व्यवहार

अनलाइनखबर अनलाइनखबर
२०७६ भदौ २५ गते १८:४५

२५ भदौ, काठमाडौं । त्रिभुवन विश्वविद्यालयको आंगिक क्याम्पसमा पूर्णकालीन क्याम्पस प्रमुख नियुक्तिको माग गर्दै पुगेका कांग्रेस निकट प्राध्यापकहरुले रजिस्टार डिल्ली उप्रेतीलाई दुर्व्यवहार गरेका छन् ।

रजिस्टार उप्रेतीले उपकुलपति तीर्थ खनियाँको अवकाश भइसकेकाले अर्को उपकुलपति नियुक्त नभई नीतिगत निर्णय नगर्ने बताएपछि उनीहरुले दुर्व्यवहार गरेका हुन् ।

प्रजातान्त्रिक प्राध्यापक संघका अध्यक्ष जगत तिमिल्सिना सहितको टोलीले हाल अल्पकालीन रुपमा क्याम्पस प्रमुखको जिम्मेवारी सम्हालिरहेकाहरुलाई नै पूर्णकालीन क्याम्पस प्रमुखको नियुक्ति दिनुपर्ने माग गरेका थिए । तर रजिस्टार उप्रेतीले आफूहरु छिटै पदमुक्त हुने भएकाले नीतिगत निर्णय नगर्ने बताएपछि कार्यकक्ष छाड्न आग्रह गरेको र कुर्ची तोडफोड गरेको उनले बताए ।

‘नयाँ भीसी आएपछि गर्नुहुन्छ, हामी आउटगोइङ हौं, नीतिगत निर्णय गर्दैनौं भन्यौं, तर उहाँहरुले आजै गर्नुपर्छ भन्नुभयो’ उनले भने ‘मैले हुँदैन भनेपछि तपाईं बाहिर निस्कनुस् भन्नुभयो, हुलमा कुरा गर्नु पनि उचित देखिन, म निस्किएँ, उहाँहरुले कुर्सी तान्नुभएछ ।’

उपकुलपति तीर्थ खनियाँ अवकाश हुने १५ दिनअघिदेखि कुनै नीतिगत निर्णय नगरेको रजिस्टार उप्रेतीले बताए ।

प्रजातन्त्रवादी प्राध्यापक संघका अध्यक्ष तिमिल्सिनाले अर्को व्यवस्था नहुन्जेलसम्म जिम्मेवारी दिइएका क्याम्पस प्रमुखलाई नै पूर्णकालीन नियुक्त गर्न माग गरेको तर दुव्र्यवहार नगरेको बताए । ‘पूर्णकालीन नहुँदा उहाँहरुको मोरालिटी डाउन हुन्छ, काम गर्न गाह्रो हुन्छ भनेर पूर्णकालीन नियुक्ति दिन माग गरेका हौं तर उहाँले (रजिस्टार) नमानेपछि फर्किएका हौं’ उनले आफूहरुले तोडफोड र दुर्व्यवहार भने नगरेको बताए । ‘हामीले केही गरेको छैन, अरुले गरेको भए थाहा भएन’ उनले भने ।

हाल त्रिविका विभिन्न १० भन्दा बढी क्याम्पसमध्ये कतिपयमा अर्को व्यवस्था नहुँदासम्मका लागि र कतिपयमा ३ महिनाका लागि भनेर क्याम्पस प्रमुखलाई नियुक्ति दिइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Hot Properties
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?