+
+

७४ क्विन्टल छोकडा लोड भएको ट्याक्टर प्रहरीको नियन्त्रणमा

अनलाइनखबर अनलाइनखबर
२०७६ कात्तिक ५ गते १६:१५

५ कात्तिक, काठमाडौं । पर्सा प्रहरीले नेपालबाट अवैध रुपमा भारततर्फ निकासी हुने लागेको अवस्थामा ७४ क्विन्टल छोकडा लोड भएको एउटा ट्याक्टर नियन्त्रणमा लिएको छ ।

वीरगञ्जबाट भिष्वा बन्जारी हुँदै अवैध रुपमा भारत तर्फ निकासी हुन लागेको छोकडा लोड भएको ना ३ त ५७३९ नम्बरको ट्याक्टर वीरगञ्ज महानगरपालिका-२१ स्थित ड्राइपोर्टबाट आइतबार नियन्त्रणमा लिएको पर्सा प्रहरीले जनाएको छ । ट्याक्टरमा अन्दाजी ७४ क्विन्टल छोकडा रहेको अनुमान प्रहरीले गरेको छ ।

प्रहरीका अनुसार छोकडासहित लोड गरिएको ट्याक्टरलाई आवश्यक कारबाहीका लागि राजश्‍व अनुसन्धान कार्यालय पथलैया पठाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?