+
+

लिपुलेकबारे कांग्रेसले माग्यो सरकारको धारणा

अनलाइनखबर अनलाइनखबर
२०७६ कात्तिक १९ गते २१:२८

१९ कात्तिक, काठमाडौं । प्रमुख विपक्षी नेपाली कांंग्रेसले कालापानी र लिपुलेकलाई भारतले आफ्नो नक्सामा समावेश गरेको विषयमा सरकारको धारणा माग गरेको छ ।

दुबै भूमि नेपालको अभिन्न अंग भएको भन्दै कांग्रेसले यसमा उठाइएको प्रश्न अस्वीकार्य भएको बताएको छ ।


कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले ट्वीटरमा प्रधानमन्त्रीलाई मेन्सन गर्दै सरकारको धारणा सार्वजनिक गर्न र सरकार गम्भीर पहल गर्न समेत माग गरेका छन् । भारतले हालै सार्वजनिक गरेको नक्सामा लिपुलेकलाई भारतीय भूमिका रुपमा देखाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?