Comments Add Comment

घट्दो छ बिग बोस र केबिसीको लोकप्रियता

भारतीय रियालिटी शो बिग बोस-१३ को प्रसारण प्रारम्भ भएको एक महिनाभन्दा बढी भयो । तर, अहिलेसम्म यसले भारतीय टेलिभिजनको टिआरपीमा उत्कृष्ट ५ मा स्थान बनाउन सकेको छैन । त्यसो त बिग बोस-१३ को मात्रै यस्तो नराम्रो अवस्था भएको होइन । अमिताभ बच्चनको क्विज शो ‘कौन बनेगा करोडपति सिजन-११’ पनि उत्कृष्ट ५ मा स्थान बनाउन असफल भइरहेको छ ।

४३ औं हप्तामा प्रसारण भइरहेको ‘द कपिल शर्मा शो’ का लागि केही सुखद् खबर आएको छ । शहरी क्षेत्रमा यो शोले उत्कृष्ट ५ मा स्थान बनाउन सफल भएको छ । भारतको ब्रोडकास्ट अडियन्स रिसर्च काउन्सिल (बिएआरसी) ले सार्वजनिक गरेको पछिल्लो रेटिङको उत्कृष्ट ५ मा बिग बोस-१३, केबीसी ११ तथा द कपिल शर्मा शो छैन । ग्रामीण तथा शहरी क्षेत्रका दर्शकहरुले जुन शोहरुलाई सबैभन्दा धेरै हेरेका छन् । त्यसको पहिलो स्थानमा दंगल टीभीको बन्दिनी, दोस्रो स्थानमा जी टिभीको कुण्डली भाग्य, तेस्रो स्थानमा जी टीभीको कुमकुम भाग्य पर्न सफल भएको छ । रेटिङको चौथो तथा पाँचौं स्थानमा क्रमशः दंगल टिभीको शो ‘रहना है तेरी पलकों की छांव में’ तथा ‘द्वारकाधीश भगवान श्रीकृष्ण’ छन् ।

ग्रामीण क्षेत्रको कुरा गर्ने हो भने ४३ औं हप्तामा दंगल च्यानलको शोहरुले अघिल्ला चार स्थान कब्जा गरेका छन् । ती शोहरु हुन् बन्दिनी, द्वारकाधीश भगवान श्रीकृष्ण, रहना है तेरी पलकों की छांव में तथा महिला शनिदेव की छन्  । पाँचौं स्थानमा जीटीभीको कुण्डली भाग्य पर्न सफल भएको छ ।

शहरी क्षेत्रको रेटिङ भने केही भिन्न छ । पहिलो स्थानमा कलर्स टेलिभिजनको शो छोटी सरदारनी पर्न सफल भएको छ भने दोस्रो स्थानमा जीटीभीको कुण्डली भाग्य परेको छ । तेस्रो स्थानमा सोनी सब च्यानलको तारक मेहताका उल्टा चस्मा पर्न सफल भएको छ भने चौथो तथा पाँचौं स्थानमा स्टार प्लसको यह रिश्ता क्या कहलाता है तथा सोनी टीभीको द कपिल शर्मा शो पर्न सफल भएको छ ।

बिग बोस १३ को फर्स्ट फिनाले भैसकेको छ र अब केही नयाँ प्रतियोगीहरु वाइल्ड कार्डमार्फत् घर भित्र प्रवेश गर्दैछन् । त्यसपछि यो शोको लोकप्रियता बढ्न सक्ने अनुमान गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment