+
+

महिला क्रिकेट : बंगलादेशविरुद्ध ५० रनमा समेटियो नेपाल

अनलाइनखबर अनलाइनखबर
२०७६ मंसिर १८ गते १०:४७

१८ मंसिर, कास्की । १३ औं साग अन्तरगत नेपाल र बंगलादेशबीचको महिला क्रिकेट टिम अहिले पोखरामा प्रतिस्पर्धा गरिरहेका छन् । टस हारेर पहिले ब्याटिङ गरेको नेपाल ५० रनमै समेटिएको छ ।

१९.२ ओभरमा अलआउट भएको नेपालका लागि तीन खेलाडीले मात्र दोहोरो अंकमा रन बटुल्न सके । बंगलादेशकी रबिया खानले ४ विकेट लिइन् ।

नेपालकी ओपनर काजल श्रेष्ठ ५ बल खेल्दै खाता नखोली आउट भएपछि नेपालको विकेट पतन सुरु भएको थियो । अर्की ओपनर सीता रानामगरले पनि १२ बलमा तीन रन मात्र बनाउन सकिन् ।

त्यसपछि आएका सोनु खड्का, कप्तान रुबिना क्षेत्री र इन्दु बर्माले क्रमशः १२, १३ र १० रन बनाए । आफ्नो इनिङमा नेपालले ४ चौका प्रहार गर्‍यो भने छक्का प्रहार गर्न सकेन ।

नेपालले आफ्नो पहिलो खेलमा कमजोर माल्दिभ्सविरुद्ध १० विकेटको जित हात पारेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?