+
+

डिसेम्बर २२ विश्व रक्तदाता अर्जुन मैनाली दिवस घोषणा

अनलाइनखबर अनलाइनखबर
२०७६ मंसिर २४ गते ११:५८

अमेरिका । न्युयोर्क राज्यको ओयस्टर बे टाउनले डिसेम्बर २२ लाई विश्व रक्तदाता अर्जुन मैनाली दिवस घोषणा गरेको छ ।

सोमबार ९डिसेम्बर ९० दिन चर्चित रक्तदाता अर्जुनप्रसाद मैनालीलाई टाउन कार्यालयमा बोलाएर उनको सम्मानमा दिवस घोषणा गरेको हो ।

नगर कार्यालयका अधिकारी जोसेफ सालडिनोले उनको प्रशंसा गर्दै उक्त घोषणा-पत्र प्रदान गरेका थिए ।

काभ्रेपलान्चोकमा जन्मेका मैनाली हिक्सभिल, न्युयोर्कमा बस्छन् । उनले ६ वटा महादेशका १७ देशमा रक्तदान गरिसकेका छन् । सन् १९८७ मा १९ वर्षको उमेरमा नेपालमा पहिलोपटक रक्तदान गरे यता सन् २०१९ सम्ममा १७२ पटक गरेका छन् ।

न्युयोर्कको पूर्वी भागमा रहेको ओयस्टर बे टाउन न्युयोर्क राज्यको नासाउ काउन्टीमा छ । २०१० को जनगणनाअनुसार यहाँको जनसंख्या २ लाख ९३ हजार छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?