+
+

बम राखेको आशंकामा दुई जना पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०७६ मंसिर २८ गते १४:१८

२८ मंसिर, जनकपुरधाम । धनुषाको क्षिरेश्वरनाथ ५ स्थित महेन्द्रनगरमा तीन जनाको ज्यान जाने गरी बम राखेको आशंकामा दुई जना पक्राउ परेका छन् ।

जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी निरीक्षक उमाशंकर प्रसाद साहले दुई जना पक्राउ परेको पुष्टि गरे । तर थप बताउन चाहेनन् । पक्राउ परेकामध्ये एक जना नेत्रबिक्रम चन्द नेतृत्वको नेकपाका कार्यकर्ता रहेको बताइएको छ ।

महेन्द्रनगरस्थित राजेश साहको घरको गेटमा राखिएको बम पड्किँदा साहसहित उनका छोरा आनन्द र प्रहरी निरीक्षक अमिर दाहालको ज्यान गएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?