+
+

पार्टीको निर्णय सबैले मान्नुपर्छ : देउवा

अनलाइनखबर अनलाइनखबर
२०७६ पुष १६ गते १५:५३

१६ पुस, विराटनगर । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीले गरेको निर्णय मान्दिन भन्न नमिल्ने बताएका छन् । बुधबार विराटनगर विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै सभापति देउवाले बहुमतका आधारमा केन्द्रीय समितिले गरेको निर्णय लागू हुने बताए ।

वरिष्ठ नेता रामचन्द्र पौडेल र पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला पक्षको बहिस्कारका बाबजुद कांग्रेस केन्द्रीय समिति बैठकले पार्टीको १४ औं महाधिवेशनको कार्यतालिका र विभाग थप गर्ने निर्णय बहुमतको आधारमा गरेको थियो ।

तर पौडेल र सिटौला पक्षले उक्त निर्णय मान्य नहुने बताउँदै आएका छन् । जवाफमा देउवाले सहमतिको नाममा पार्टीलाई बन्धक बनाउन खोजिएको आरोप लगाए । ‘सहमति नजुटेपछि बहुमतीय प्रणालीबाट अन्तिम निर्णय गर्नुपर्छ’ उनले भने ।

सभापति देउवाले पार्टीभित्र प्रजातान्त्रिक अभ्यासको प्रयोग गरेको पनि बताए । फरक प्रसंगमा देउवाले अमेरिकाको मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी)लाई संसदबाट पारित गर्नुको विकल्प नभएको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?