+
+

कनेक्ट आइपिएसको मासिक कारोबार १० अर्ब बढी

अनलाइनखबर अनलाइनखबर
२०७६ माघ २ गते १९:१३

२ माघ, काठमाडौं । नेपाल क्लियरिङ्ग हाउस लिमिटेड (एनसीएचएल)ले संचालन गर्दै आएको कनेक्ट आइपिएस ई–पेमेन्ट प्रणाली मार्फत भएका मासिक कारोबार पौष महिनामा रु १२.०५ अर्ब भन्दा बढि पुगेको छ । एनसीएचएलको लागि बैशाख, २०७५ बाट प्रारम्भिक सञ्चालनमा आएदेखि पौषमा हाल सम्मको सबै भन्दा बढि कारोबार भएको कम्पनीले जनाएको छ । यस आर्थिक वर्षको पौष मसान्तसम्म कनेक्ट आइपिएस ई–पेमेन्ट प्रणाली मार्फत भएको (कारोबार संख्या) ६५०,१४२ रहेको छ जुन सेटलमेन्ट रकममा ४२.४८ अर्ब रुपैयाँ बराबर रहेको छ ।

कारोबारमा भईरहेको वृद्धिले नेपालमा बैंक खातामा आधारित रियल–टाइम रिटेल भुक्तानी प्रणालीको स्वीकारयता बढेको बुझिएको छ । कनेक्ट आइपिएस ई–पेमेन्ट प्रणाली अनलाइन भुक्तानीको एकिकृत प्ल्याटफर्म हो,जसमा अनलाइन फण्ड ट्रान्सफर, पेमेन्ट प्रोसेसर (गेटवे), क्रेडिट कार्ड/बिल भुक्तानी लगायतका सुविधा उपलब्ध रहेका छन् ।

उक्त प्ल्याटर्फममा सदस्य बैंकका ग्राहकहरूले फण्ड ट्रान्सफर लगायत अन्य सेवाहरुमा सरकारको राजस्व भुक्तानी, लोकसेवा आयोग आवेदन शुल्क भुक्तानी, कम्पनी रजिष्ट्रार कार्यालयको भुक्तानी, राहदानी शुल्क भुक्तानी, नागरिक लगानी कोषको भुक्तानी, सामाजिक सुरक्षा कोष सम्बन्धी भुक्तानी, मोबाईल वालेटमा फण्ड लोड, नेप्से अनलाईन ट्रेडिङ्ग तथा सेयर ब्रोकरलाई भुक्तानी, ट्राभल एजेन्सी भुक्तानी, स्कुल÷कलेज, इन्स्युरेन्स भुक्तानी, जस्ता कारेवारहरु गर्न सकिने व्यवस्था रहेको छ ।

एनसीएचएलले विद्युतीय चेक भुक्तानी (NCHL-ECC) अन्तरबैंक भुक्तानी प्रणाली ( (NCHL-IPS) र कनेक्ट आइपिएस ई–पेमेन्ट प्रणाली ( (connectIPS e-Payment system) सञ्चालन गर्दै आएको छ । आर्थिक वर्ष २०७६/७७ को पौष मसान्त सम्ममा यी प्रणालीहरु मार्फत एनसीएचएलले कारोबार संख्या ८१,२४९ को कुल सेटलमेन्ट रकम ४२.१७ रुपैयाँ बराबर राफसाफ गर्न सफल भएको छ, जुन गत आ.व. सोहि अवधिभन्दा क्रमश ४४ प्रतिशत र २६ प्रतिशतको बृद्धि रहेको कम्पनीको दावी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?