+
+

अफगान क्रिकेटर शहजादको प्रतिबन्ध हट्यो

अनलाइनखबर अनलाइनखबर
२०७६ फागुन १४ गते २०:२४

काठमाडौं । अफगानिस्तान क्रिकेट बोर्डले मोहम्मद शहजादमाथि लागेको प्रतिबन्ध हटाएको छ । क्रिकेट बोर्डका अध्यक्षले शहजादको अपिल स्वीकार गरेपछि अनुशासन समितिले अगष्ट २०२० बाट प्रतिबन्ध हटाउने निर्णय गरेको हो ।

विकेट किपर ब्याट्स म्यान शहजादमाथि २०१९ अगष्टमा प्रतिबन्ध लगाइएको थियो । विश्वकपका क्रममा चोटका कारण घर पठाएकोमा उनले तीव्र असन्तुष्टि जनाएका थिए । त्यही कारण उनीमाथि अनिश्चितकालीन प्रतिबन्ध समेत लाग्यो । अब उनले टी–२० विश्वकप खेल्ने सम्भावना बढेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?