+
+

भारतको कदमबारे छलफल गर्न औषधी व्यवस्था विभागको आपतकालीन बैठक

अनलाइनखबर अनलाइनखबर
२०७६ फागुन २१ गते १५:४९

२१ फागुन, काठमाडौं । भारतले सिटामोलसहित २६ प्रकारका औषधी र यसका कच्चा पदार्थ निर्यातमा रोक लगाएपछि यसले पार्ने प्रभावका विषयमा छलफल गर्न औषधी व्यवस्था विभागको आपतकालीन बैठक सुरु भएको छ।

भारतको कदमले नेपालमा पार्ने असर र अवस्था लगायतका विषयमा छलफल गर्न बैठक गरिएको विभागका सूचना अधिकारी सन्तोष केसीले जानकारी दिए ।

‘भारतीय निर्णय हामीले थाहा पायौं, योसहित वर्तमान परिस्थितिका विभिन्न विषयमा छलफल गर्न बैठक सुरु भएको छ’ सूचना अधिकारी केसीले भने ।

भारतको वाणिज्य एवं उद्योग मन्त्रालयको विदेश व्यापार महानिर्देशनालयले मंगलबार २६ प्रकारका औषधी र यसका कच्चा पदार्थ निर्यातमा रोक लगाउने निर्णय गरेको थियो ।

तोकिएका मध्ये पनि निर्यात गर्नैपर्ने अति आवश्यक औषधीका विषयमा भने सरकारसंग पूर्वअनुमति लिनुपर्ने व्यवस्था गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?